मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ७ शनिबार १८:००:००
Read Time : < 1 मिनेट
विश्व

भारतीय पूर्व अर्थमन्त्री तथा भाजपाका नेता जेट्लीको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ७ शनिबार १८:००:००

पूर्व अर्थमन्त्री तथा भारतीय जनता पार्टी (बिजेजी)का वरिष्ठ नेता अरुण जेट्लीको शनिबार अपराह्न निधन भएको छ । उनको ६६ वर्षको उमेरमा नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचारकै क्रममा निधन भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र बिजेपीका वरिष्ट नेताहरु अस्पताल पुगेका थिए ।

जेट्ली  अगस्त महिनाको शुरुमा नै एम्समा भर्ना भएका थिए । पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपयीको सरकारमा नै सन् २००० मा जेट्ली पहिलो पटक मन्त्रिमण्डलमा सहभागी भएका थिए । उनले सन् २००९ मा राज्यसभामा विपक्षी दलको नेताको रुपमा जिम्मेवारी सम्हाए ।

उनी सन् २०१४ मा अर्थात् मोदी सरकारको पहिलो कार्यकालमा अर्थमन्त्री भएका थिए । तर सन् २०१९ को भारतीय लोकसभाको निर्वाचनमा स्वास्थ्यको कारण देखाउँदै उम्मेदवारी दिन अस्वीकार गरेका उनकाे गत वर्ष मे महिनामा मिर्गौला प्रत्यारोपण गरिएको थियो । एजेन्सी