मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ७ शनिबार १७:३८:००
Read Time : < 1 मिनेट
समाचार

दाङका २८ वडा सचिवविहीन, कार्य सम्पादनमा समस्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ७ शनिबार १७:३८:००

दाङका एक सय वडामध्ये २८ वडामा सचिव पुग्न सकेका छैनन् ।  दाङका सुगम स्थानीय तहबाहेक विकट क्षेत्रका स्थानीय तहमा अझै वडासचिव नपुग्दा कार्य सम्पादनमा समस्या हुने गरेको छ ।  

वडामा सचिव नआउँदा एउटै कर्मचारीले धेरै वडामा काम गर्नुपर्ने अवस्था छ । अहिले वडा सरकार प्राविधिकले हाकिरहेका छन् । ग्रामीण क्षेत्रमा कर्मचारी जान नमान्ने तर सुगम क्षेत्रका स्थानीय तहमा जान कर्मचारी हानथाप गर्ने प्रवृति छ । केही समयअघि काम गरेका कर्मचारी समायोजन पश्चात सरुवा भएर अन्यत्र गएपछि दाङका वडा सचिवविहीन बन्न पुगेका हुन् । 

दाङको विकट क्षेत्र राजपुर गाउँपालिका–६ बाहेक अन्य सबै वडामा अहिले प्राविधिक कर्मचारीले सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन् । दश स्थानीय तहमध्ये सुगम स्थानीय तहका रुपमा रहेका तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका र दङ्गीशरण गाउँपालिकाका सबै वडामा सचिव पुगेका छन् । तुलसीपुर र घोराहीका १९-१९ र दङ्गीशरणका सात वटै वडामा सचिव पुगेका छन् । अन्य सात गाउँपालिकाका केही वडामा वडासचिव पुग्न सकेका छैनन् ।

अहिले सचिव नहुँदा पञ्जिकाको काम प्रभावित हुने गरेको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताए । “पञ्जिकरणको काम गर्न स्थायी कर्मचारीको हस्ताक्षर आवश्यक पर्छ”, उनले भने, “त्यसले गर्दा स्थायी कर्मचारीका रुपमा रहेका प्राविधिकलाई प्रयोग गर्ने गरिएको छ ।” वडाध्यक्षले सिफारिश गर्ने र एक जना सचिव वा सरकारी कर्मचारीको हस्ताक्षर आवश्यक पर्ने उनको भनाइ छ । रासस