१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
टेकराज थामी
२०७५ पौष २२ आइतबार १४:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेपाल वायुसेवा निगमका महाप्रबन्धकलाई कालोमोसो दलेकाे अरोपमा एक पक्राउ

Read Time : < 1 मिनेट
टेकराज थामी
२०७५ पौष २२ आइतबार १४:४७:००

नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दलेकाे अरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी  (मोहन वैद्य) को भातृ संगठन क्रान्तिकारी युवा लिगका सचिवालय सदस्य सुरेश तामाङ रहेका छन् । 

उनलाई थानकोटबाट पक्राउ गरी आवश्यक अनुसन्धान र घटनामा संलग्न अन्यको खोजतलास भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।