बुन्डेस लिग क्लब बोरुसिया डर्टमुन्डका २० वर्षीय युवा मिडफिल्डर अर्चफ हाकिमी यसै सिजनमा रियल म्याड्रिड क्लबमा लोनमा अनुबन्ध भए । हाकिमीको खेललाई लिएर मैदानमा त्यति प्रशंसा भएको छैन । तर, उनको एउटा प्रसंग भने चर्चित भइरहेको छ ।
स्पेनिस तथा जर्मन पत्रपत्रिकाले हाकिमी आफूभन्दा १२ वर्ष जेठी महिलासँग डेटिङमा रहेको खुलासा गरेका छन् । खेलाडीको कुनै महिलासित चक्कर चल्नु वा डेटिङ जानु युरोपियन फुटबलमा नौलो कुरा होइन ।
रियल म्याड्रिडका युवा मिडफिल्डर हाकिमी विश्वकै सुन्दर अभिनेत्री हिवासँग एक वर्षदेखि डेटिङमा
तर, अचम्मलाग्दो के छ भने हाकिमीले डेटिङ गरिरहेकी महिला अरू कोही नभएर विश्वकै सुन्दर अभिनेत्री हिवा हुन् । स्पेनिस टेलिभिजनकै एक प्रस्तोता हिवा र हाकिमीबीचको सम्बन्ध एक वर्ष लामो रहेको मिडियाले दाबी गरेका छन् । ‘विश्वकै सुन्दर अभिनेत्रीसँग १२ वर्ष कान्छो हाकिमीको डेटिङ,’ एल मार्काको आइतबारको संस्करणकोे हेडलाइन थियो ।
म्याड्रिडमै जन्मेका हाकिमीको हुर्काइ जर्मनीमा भएको थियो । स्पेनिस तथा जर्मन भाषा बोल्न सक्ने हाकिमीले २०१४ देखि नै हिवालाई पछ्याइरहेका थिए । यता हिवाले पनि हाकिमीलाई आफ्नो जीवन भनेर बताएकी छिन् । ‘मेरो जीवन नै हाकिमी हो,’ स्पेनिस पत्रिकालाई दिएको अन्तर्वार्तामा हिवाले भनिन्, ‘आधिकारिक रूपमा गत वर्षदेखि हामीबीच डेटिङ सुरु भयो ।’