१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ भदौ ५ बिहीबार १९:१०:००
Read Time : < 1 मिनेट
समाचार

ब्राउन सुगरसहित २ जना पक्राउ

Read Time : < 1 मिनेट
२०७६ भदौ ५ बिहीबार १९:१०:००

लागु औषध ब्राउन सुगरसहित बिहीबार पोखरामा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-२ स्थित नयाँ बसपार्कमा बस्ने २६ वर्षीय रचना गिरी र ३८ वर्षीय विमल लामालाई प्रहरीले पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए । 

प्रदेश प्रहरी कार्यालयको विशेष अनुसन्धान टोलीले ब्राउन सुगरसहित पोखरा-२ बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूकाे साथबाट प्रहरीले विभिन्न परिमाण पोका पारी राखेको ब्राउन सुगरका पोका फेला पारेका थियो । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान लागि वडा प्रहरी कार्यालय बगर पठाएको कार्कीले जानकारी दिए ।