मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ भदौ ५ बिहीबार १६:१६:००
Read Time : < 1 मिनेट
प्रदेश

समग्र विकासका लागि सामाजिक रुपान्तरण आवश्यक : मुख्यमन्त्री राउत

Read Time : < 1 मिनेट
२०७६ भदौ ५ बिहीबार १६:१६:००

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले समग्र विकासका लागि सामाजिक रुपान्तरण आवश्यक रहेको बताएका छन् । उनले सामाजिक रुपान्तरणको लागि महिला शशक्तिकरण अभियानमा जोड दिनु आवश्यक रहेको उल्लेख गर्दै अहिले आफ्नो प्राथमिकतामा महिला शसक्तीकरण नै रहेको बताए ।

मुख्यमन्त्री राउतले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत प्रदेशका अधिकांश विद्यालयका छात्राहरुलाई साइकल वितरण गरिरहेको जानकारी दिए । पहिलो चरण अन्तर्गत १४ हजार साईकल वितरण गर्ने लक्ष्य रहेको र एक साता भित्र लक्ष्य पुरा भइसक्ने उनले बताए । अभियानलाई गति दिन तथा छात्रालाई अझै शसक्त र आत्मनिर्भर बनाउन साइकल वितरणमा विशेष जोड दिइएको उनको भनाइ छ । 

राउतले प्रदेशका अधिकांश विद्यालय छात्रा मैत्री नभएको भन्दै यसै आर्थिक वर्षमा सय विद्यालयमा छात्रामैत्री शौचालय निर्माण हुने समेत बताए ।

यता प्रदेश सरकारले महिला सशक्तिकरणको लागि कक्षा एक देखि कक्षा आठसम्मका सामुदायिक विद्यालयमा पढ्ने दलित, अतिविपन्न र मुस्लिम छात्राहरुलाई मासिक पाँच सयका दरले छात्रवृती दिने जनाएकाे छ ।