मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ५ बिहीबार १७:२४:००
Read Time : < 1 मिनेट
विश्व

जब दुई मुख भएकाे माछा हात पर्‍याे...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ५ बिहीबार १७:२४:००

अमेरिकाको चैम्प्लेन नदीमा डेबी गेडेस नाम गरेकी एक महिला पतिसँग माछा मार्न गएकी थिइन् । माछा मार्ने क्रममा कस्तो हुने हो उनलाई थाहा थिएन । तर, माछा मार्ने क्रम जारी राखिन् । यसै क्रममा उनले एउटा माछा समाइन् । जब उनले माछा हेरिन तब उनी दंग परिन् । समाचारमा जनाइएअनुसार उनले दुई मुख भएको माछा समातेकी थिइन् ।

माछा समातेपछि डेबीले भनेकी छन्, ‘जब यो माछा किनारमा ल्याएँ, तब मलाई विश्वास नै लागेन, के देखिरहेछु भनेर ।’ मैले दुई मुख भएको माछा समातेकी रहेछु । यो माछा साह्रै अभ्दुत थियो । उनीहरुले यस माछासँग फोटा खिचेर पुनः सोही नदीमा छोडिदिएका छन् । एजेन्सी