मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ५ बिहीबार १६:३५:००
Read Time : < 1 मिनेट
समाचार

'सञ्चार माध्यममाथि हस्तक्षेप नगर्नु'

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ५ बिहीबार १६:३५:००

संसदमा बिहीबार कांग्रेस नेतृ डिला संग्रौलाले सञ्चार माध्यममाथि हस्तक्षेप नगर्न सरकारसँग आग्रह गरेकी छन् । श्रमजिवी पत्रकारहरूलाई रेडियो नेपालले जागिरबाट निकालिएको विषयमा उनले संसदको ध्यानाकर्षण गराएकी हुन् ।

संग्राैलाले भनिन्, ‘देशकाे जेठो सरकारी संचार माध्यम रेडियो नेपाल हो । संचारको युगमा यसकाे विशिष्ट स्थान छ । तर, सरकारले सञ्चार माध्यमलाई आफ्नो पार्टीको मुखपत्र बनाउने, कार्यकर्ता भर्ती गर्ने तथा विपक्षीहरुका आवाज बन्द गर्ने काम गरिरहेको छ । सरकारले चालेको यस्तो कदमले हामीलाई झस्काएको छ ।’ रेडियो नेपालले आफ्ना केही सञ्चारकर्मीलाई यही भदौ १ गते हटाएको थियो । 

सरकारले श्रमजिवी पत्रकारलाई हटाएर आफ्नो कार्यकर्ता भर्ती गरेको सँग्रौलाको आरोप थियो । हटाएका कर्मचारीहरूलाई पुन: नियुक्त गर्नसमेत उनले सरकारसँग माग गरेकी छन् । ‘हामीले लोकतन्त्रका लागि संघर्ष गर्दा प्रेस स्वतन्त्रताको सवाललाई जोडदार रूपमा उठाउँदै आएका छौँ । सवाल मात्रै उठाएनौँ पत्रकारिता बलियो र प्रभावकारी बनाउन प्रयासरत रह्यौँ,’ उनले थपिन्, ‘संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेण्टी गरेको अवस्थामा विडम्बना नै भन्नुपर्छ सरकारले राष्ट्रिय समाचार समिति, रेडियो नेपाल, गोरखापत्र र नेपाल टेलिभिजन जस्ता सरकारी सञ्चार माध्यमलाई स्वतन्त्र पत्रकारिताको मूल्य मान्यता विपरीत पूर्ण नियन्त्रणमा राख्ने दुष्प्रयास गरेको छ ।’