१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ भदौ ५ बिहीबार ११:१२:००
Read Time : < 1 मिनेट
प्रदेश

खानेपानीका कारण बढे झाडापखालाका बिरामी 

Read Time : < 1 मिनेट
२०७६ भदौ ५ बिहीबार ११:१२:००

जिल्ला अस्पताल बाजुरामा खानेपानीका कारण झाडापखालाका बिरामीकोे चाप बढ्दै गएको छ । हरेक दिन अस्पतालमा सयभन्दा बढी बिरामी आउने गरेका छन् । तीमध्ये ४५ प्रतिशतसम्म बिरामी झाडापखाला, आउँलगायतका हुने गरेको र उक्त बिरामी खानेपानीबाट उत्पन्न हुने गरेको जिल्ला अस्पताल बाजुराले जनाएको छ । 

हरेक दिन जिल्ला अस्पतालमा एक सय २७ देखि एक सय ५० जनाभन्दा बढी बिरामी आउने गरेको जिल्ला अस्पताल बाजुराको तथ्यांक छ । ‘बिरामीको समयमै उपचार गर्न सकेका छैनौँ,’ अस्पतालका सूचना अधिकारी कुलबहादुर रावलले भने, ‘धेरै संख्यामा बिरामी आउन थालेकाले समस्या भएको हो ।’

जिल्ला सदरमुकाममै अस्तव्यस्त खानेपानीका कारण बजार क्षेत्रमै  झाडापखालालगायतका बिरामी बढेको हुनसक्ने जिल्ला अस्पताल बाजुराले जनाएको छ । दूषित खानेपानीकै कारण बढी नै बिरामी आउने गरेको जिल्ला अस्पताल बाजुराको रिपोर्टमा उल्लेख गरिएको छ । 

जिल्ला अस्पतालमा उपचार गर्न आउने बिरामीमध्ये ४५ प्रतिशत बिरामी झाडापखाला, आउँ, टाइफाइडको संक्रमण पनि बिरामीमा देखिने गरेको अस्पतालका सूचना अधिकारी रावलले बताए ।  

अस्पतालमा महिला, बालबालिका र वृद्ध वृद्धाहरू आउने गरेका छन् । जिल्ला अस्पताल बाजुरामा सामान्य चेकजाँचदेखि भिडियो एक्सरे, एक्सरे, ल्याब टेस्ट र विशेषज्ञ डाक्टरबाट सेवा प्रदान गरिने हुँदा चाप बढेको अस्पतालले जनाएको छ । दुई महिनायता झाडापखाला, आउँ, टाइडफाइडका बिरामीको संख्यामा बढेको जिल्ला अस्पताल बाजुराका निमित्तप्रमुख डाक्टर रोहित गिरीले बताए ।