मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
एकनारायण भण्डारी, गीतकार
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ४ बुधबार १०:४१:००
Read Time : < 1 मिनेट
नयाँCity

तिलिचो किनारमा गीत कोर्ने रहर छ

गन्तव्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ४ बुधबार १०:४१:००

मेरो मन–मस्तिष्कमा मनाङको तिलिचो ताल छ । विश्वकै अग्लो ठाउँमा रहेका कारण पनि त्यो ताल हेर्न लोभिएको छु । हिमालको काखमा रहेको तालको आकार कस्तो होला भन्ने कौतुहल छ । तालको पानी कति निश्चल र शान्त होला । त्यस वरिपरिको दृश्य कति मनमोहक होला भनेर कल्पिन्छु ।

त्यहाँ एक्लै नभई समूहमा जान मन छ । हिँड्न हिम्मत नहार्ने तीन/चारजना साथी भए भने झनै गज्जब हुन्थ्यो । हिँड्दा–हिँड्दै थाकेर ढिस्को र रूखको फेदमा बसेर सुस्ताउन पाए गज्जब हुन्थ्यो ।

पदमार्गका बस्तीमा वास बस्न पाइयोस् । मौलिक र अर्गानिक भोजन गर्न पाइयोस् । हातमा गितार या सारंगी होस् । साथीसँगै गुनगुनाउन पाइयोस् । अनि पानी र ताल वरपरको दृश्यलाई बिम्ब बनाएर गीत कोर्न पाइयोस् । साता, १० दिनसम्म त्यो गन्तव्यमा रमाउन मन छ । केही गीतका कुरा, केही पानी र ताल अनि हिमालका कुरा गर्न मन छ ।