Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ भदौ ४ बुधबार ०७:१५:००
Read Time : > 1 मिनेट
राजनीति

एक हप्ताभित्र पदाधिकारी चयन गर्ने समझदारी

सत्यनिरूपण र बेपत्ता आयोग गठनबारे सर्वदलीय बैठक

Read Time : > 1 मिनेट
२०७६ भदौ ४ बुधबार ०७:१५:००

प्रधानमन्त्री केपी ओलीले डाकेको सर्वदलीय बैठकले एक हप्ताभित्रमा शान्तिप्रक्रियासँग जोडिएका दुई आयोगमा पदाधिकारी चयन गरिसक्ने समझदारी गरेको छ । द्वन्द्वकालीन घटनासँग सम्बन्धित र शान्तिप्रक्रियाका बाँकी कामलाई चाँडै टुंगोमा पु-याउने गरी छलफल भएको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । 

‘राजनीतिक विषयमा मतभिन्नता भए तापनि संविधानको रक्षाका निम्ति, शान्तिप्रक्रियाका बाँकी काम टुंगोमा पु-याउने र विकास निर्माणलगायतमा एक जुट हुने कुरामा दलहरू सहमत भएका छौँ,’ खनालले भने । दुवै आयोगका पदाधिकारीका विषयमा छलफल गर्न सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसबीच छुट्टै बैठक बस्ने भएको छ । त्यसबारे समझदारी जुटाउन बुधबार अपराह्न ५ बजे बैठक बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ बताए । 

दश वर्ष लामो सशस्त्र द्वन्द्वसँग सम्बन्धित घटनाबारे सत्यतथ्य छानबिन गर्न बनेको सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा रहने पदाधिकारी लामो समय बितिसक्दा पनि पाउन सकेको छैन ।

पटकपटक म्याद थप गरी दुवै आयोगले चारवर्षे अवधि गुजार्दा पनि काम भने अझै अधुरै छन् । दुवै आयोगले चारवर्षे अवधिमा पनि काम गर्न नसकेपछि पदाधिकारीको म्याद चैत मसान्तसम्म रहने गरी संघीय संसद्बाट ऐन पारित भएको थियो । काम गर्न नसकेमा सरकारले आयोगको म्याद अझै एक वर्ष थप्न सक्ने प्रावधान ऐनमा समेटिएको थियो भने ऐनमै पदावधि सकिनुअगावै अध्यक्ष वा सदस्य नरहँदा सरकारले पदपूर्ति गर्न सक्ने व्यवस्था पनि थियो । 

बैठकमा नेकपा अध्यक्ष प्रचण्डसहित सचिवालय तहका नेताहरू, कांग्रेसबाट सभापति शेरबहादुर देउवा, मीनेन्द्र रिजाल, समाजवादी पार्टीबाट डा. बाबुराम भट्टराई र उपेन्द्र यादव, राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेता सहभागी थिए । 

अकमण्र्यतामा समिति 
दुवै आयोगका पदाधिकारीको म्याद चैतमा सकिने भएपछि पदपूर्तिका लागि सरकारले चैतमै मन्त्रिपरिषद् निर्णयबाट पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको थियो । समितिले गत १५ चैतबाट कार्य थालनी पनि गरेको थियो । 

हालका पदाधिकारीलाई निरन्तरता दिने वा नदिने, हाल रहेका पदाधिकारी राखेर रिक्त पद पूर्ति गर्ने वा नगर्नेलगायत विषय समेटिएको प्रतिवेदन बुझाउन समितिलाई भनिएको थियो । आयोगमा रहने सदस्यका लागि दरखास्त माग्दा पहिलोपटक १५ जना आकांक्षीले दरखास्त हालेका थिए । दोस्रोपटक ५७ जनाले दरखास्त हालेको सिफारिस समितिका सदस्य प्रेमबहादुर खड्काले जानकारी दिए ।