Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २ सोमबार १९:२७:००
Read Time : < 1 मिनेट
समाचार

न्यायाधीश अधिकारीद्वारा राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २ सोमबार १९:२७:००

उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारीले राजीनामा दिएका छन् । उनले न्याय परिषदमार्फत प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमक्ष राजीनामा दिएकाे न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । प्रवक्ता कार्कीका अनुसार राजीनामा पत्रमा घरायसी समस्या भएकाले राजीनामा दिएको उल्लेख छ ।

घरायसी समस्याका कारण राजीनामा दिएको भनिए पनि गोर्खा ब्रुअरीको अन्तःशुल्कको मुद्दामा क्षेत्रधिकार विवाद भएपछि उनी छानबिनमा परेका थिए । उनले ४० वर्ष न्याय सेवामा काम गरेका छन् । न्याय परिषद्ले उक्त विवादसम्बन्धमा सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको नेतृत्वको छानबिन समितिसमेत गठन गरेको थियो । रासस