१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
चन्द्रप्रसाद ढकाल, (उपाध्यक्ष) नेपाल उद्योग वाणिज्य महासंघ
२०७६ भदौ २ सोमबार १७:१३:००
Read Time : > 2 मिनेट
समाचार

खर्च जुटाउन काम गर्दै पढ्दै गरेँ

Read Time : > 2 मिनेट
२०७६ भदौ २ सोमबार १७:१३:००

मैले बाग्लुङको त्रिभुवन माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरँे । त्यसपछि म काठमाडौं आएँ । एसएलसी उत्तीर्ण भएपछि पकनाजोलको पिपल्स क्याम्पसबाट सर्टिफिकेट लेभल पढँे ।  त्यसपछि स्नातक तह अध्ययन गर्न सरस्वती क्याम्पसमा भर्ना भएँ । ०४५ सालतिर सरस्वती क्याम्पसमा म्यानेजमेन्ट संकायमै भर्ना भएर अध्ययन गरेँ । 

मेरो पढाइ र करिअरमा तालमेल मिलेको छ । कमर्स पढेपछि बैंक, फाइनान्समा काम गर्ने भन्ने सोचाइ हुन्थ्यो । त्यही भएर केही वर्ष राष्ट्रिय वाणिज्य बैंकमा  काम गरेँ । काम गर्ने क्रममै मलाई बैंक, फाइनान्स सञ्चालन गर्ने उत्प्रेरणा मिल्यो । त्यतिवेला रेमिट्यान्सको पनि कुरा आयो । काम सुरु गरेपछि यही क्षेत्रमा हात हालियो । बिकम पढ्दा बैंक तथा वित्तीय संस्थामा जागिर खाने भन्ने लक्ष्य थियो । त्यसो हुँदा जागिर खाँदा पनि जागिरे मानसिकता कहिल्यै पनि राखिनँ । काम गर्दा मिहिनेत गर्नुपर्छ र यो मेरै लागि हो भन्ने स्वतस्फुर्त आउँथ्यो । मैले तलबका लागि काम गरेको छु भन्दा पनि आफ्नै प्रगतिका लागि हो भन्ने भावना थियो । जति काम ग¥यो, त्यसले आफैँलाई फाइदा दिन्छ भन्ने सिद्धान्त बोकेर काम गर्थें । संस्था नै सर्वोपरि ठानेर काम गर्थे । संस्थाका लागि काम गरे पनि त्यसको नतिजाको फाइदा आफ्ना लागि पनि हुन्थ्यो । 

काम गर्दै पढ्थेँ
म स्नातक तहमा पढ्दा सँगसँगै काम पनि गर्थें । बैंकमा काम गर्दागर्दै आफैँले केही गर्नुपर्छ भन्ने भावना आयो । त्यसपछि आफँैले व्यवसाय सुरु गरेँ । पढ्न काठमाठौं आएपछि निजी क्षेत्रमा एक वर्ष काम गरेँ । ५ वर्षजति राष्ट्रिय वाणिज्य बैंकमा काम गरेपछि आफ्नै व्यवसाय सुरु गरेँ । 

आर्थिक अवस्था कमजोर भएकै कारणले काम गर्दै पढ्दै गरेँ । पढ्न र काठमाडौंमा बस्न काम गर्नपर्ने बाध्यता थियो । पढ्न खर्च जुटाउनुपथ्र्यो । मैले गर्ने काम पैसाका लागि मात्र थिएन, मिहिनेत गरेर नतिजा निकाल्नुपर्छ र त्यसको फाइदा आफैँलाई हुन्छ भन्ने भावना पनि थियो । बाहिरको मानिसले काठमाडौं आएर पढ्नका लागि काम गर्नुपर्ने अधिकांशको बाध्यता हुन्थ्यो । अहिले त मिहिनेत गरेको फल हो । गाउँबाट आएको मानिसलाई पढाइ खर्च जुटाउन गाह्रो थियो, लगानी गर्ने सक्ने अवस्था थिएन । सुरुका दिनमा काठमाडौं टिक्न पनि मजस्ता धेरैले यस्तै संघर्ष गर्नुपथ्र्यो । 

आर्थिक अवस्था कमजोर भएकै कारण काम गर्दै पढ्दै गरेँ । पढ्न र काठमाडौंमा बस्न काम गर्नुपर्ने बाध्यता थियो । पढ्न खर्च जुटाउनुपथ्र्यो । मैले गर्ने काम पैसाका लागि मात्र थिएन, मिहिनेत गरेर नतिजा निकाल्नुपर्छ र त्यसको फाइदा आफैँलाई हुन्छ भन्ने भावना पनि थियो । बाहिरको मानिसले काठमाडौं आएर पढ्नका लागि काम गर्नुपर्ने अधिकांशको बाध्यता हुन्थ्यो । सुरुका दिनमा काठमाडौंमा टिक्न पनि मजस्ता धेरैले यस्तै संघर्ष गर्नुपथ्र्यो 

एउटा लेभलको शिक्षा लिनुपर्छ भन्ने त्यतिवेलादेखि नै हुन्थ्यो । काम नगरी पढ्न पाएको भए अझ राम्रो गर्न सकिन्थ्यो भन्ने लाग्छ । काम नगरी पढेका सबै सफल छन् भन्ने होइन । जसले काम गर्दै पढेको छ, उसको नतिजा राम्रो आएको पनि देखेको छु । यो व्यक्ति र परिस्थितिमा पनि भर पर्छ । काम गर्दै, पढ्दै गरे पनि मिहिनेत गर्न सक्नेले नतिजा राम्रो ल्याउँछ । 

अहिले पनि कतिपयले गाउँबाट सहर आएर काम गर्दै पढ्दै गरेका छन् । उनीहरूका लागि आफ्नो खर्च जुटाउने मात्र होइन, परिवारलाई पनि सपोर्ट गर्नुपर्ने अवस्था छ । इमानदारीसाथ मिहिनेत गरेर काम गरे सफलता मिल्छ । भविष्यमा पनि मिहिनेत गरेर काम गर्ने बानी बसाल्छ । पढाइ सकेर मात्र काम गर्नुपर्छ भन्ने छैन । मिहिनेत गर्नेहरूका लागि पढाइ नै सकेर मात्र व्यवसाय वा काम गर्नुपर्छ भन्ने लाग्दैन । 

शिक्षा र रोजगारी
पहिले डिग्री लिएकाले बजारमा काम गर्न सक्ने अवस्था कम हुन्थ्यो । अहिले परिस्थिति बदलिएको छ । शिक्षा लिएका जनशक्ति बजारमा काम गर्न सक्ने भएर निस्कन थालेका छन् । तर, अहिले पनि कलेजबाट निस्कने सबै जनशक्ति सीधै मार्केटमा काम लाग्ने अवस्था छैन । कुनै विषय पढिसकेपछि एउटा लेभलको काम गर्न सक्ने सीपको विकास गरेर रोजगारी गर्न सक्ने हुनुपर्छ । अहिले विश्वविद्यालय तथा कलेजबाट उत्पादन भएको जनशक्ति व्यावहारिक हुने र रोजगारी पाउने क्रम बढेको छ भन्ने मलाइ लागेको छ । अबको पढाइ ज्ञानसँगै सीप दिने खालको हुनुपर्छ । यस्तो भयो भने शैक्षिक जनशक्ति सहज रूपमा बजारमा खपत हुन सक्छन् । कोरा सर्टिफिकेटभन्दा फिल्डमा काम गर्न सक्ने हुनुपर्छ ।  विषय क्षेत्रअनुसार व्यावहारिक शिक्षा पाउनुपर्छ र त्यो मार्केटमा काम गर्न सक्ने हुनुपर्छ । 

अहिले विश्वविद्यालय तथा कलेजले बजारमा आवश्यक जनशक्तिका विषयममा उद्योग प्रतिष्ठान, तथा छाता संगठनसँग पनि छलफल गर्न थालेका छन् । आवश्यकताअनुसारको जनशक्ति उत्पादन भएमा शैक्षिक संस्था, उद्योग प्रतिष्ठान र विद्यार्थी सबैलाई फाइदा हुन्छ ।