मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ भदौ २ सोमबार १७:०१:००
Read Time : > 1 मिनेट
समाचार

कम्प्युटर नै नदेखी कम्प्युटर विषय पढेँ

Read Time : > 1 मिनेट
२०७६ भदौ २ सोमबार १७:०१:००

मैले वि.सं. ०३३/०३४ मा महेन्द्र मोरङ कलेज विराटनगरमा स्नातक पढेको हुँ । त्यो वेला स्नातक तहमा चार सेमेस्टर सञ्चालन हुन्थ्यो र त्यसलाई विकम भनिन्थ्यो । तर, त्यो कमर्स पढाइ भए पनि उपाधिको माग त्यति थिएन । त्यो वेलामा ग्य्राजुएट गर्ने वेलामा भन्दा एसएलसीपछि नै कुन पढ्ने भनेर छानिन्थ्यो । मैले विज्ञान र व्यवस्थापन दुवैमा प्रवेश परीक्षा दिएको थिएँ । दुवैमा नाम निस्कियो । तर, ठुल्दाइले आर्टस् र अर्को दाइले साइन्स पढेकाले परिवारिक  निर्णयमै मैले कमर्स रोजेँ । मैले १५ वर्षमा एसएलसी गरेको थिएँ । मैले जानेर र रुचि भएर भन्दा अभिभावकको निर्णय मानेर कमर्स पढेको हुँ । किनकि, मेरो रुचि साहित्यमा थियो । म कविता लेख्थेँ, तथापि कमर्सको विद्यार्थी थिएँ ।

मेरो पढाइको विषय मिलेको भए अहिलेको राजनीतिक जीवन अझ सहज हुन्थ्यो भन्ने लाग्छ । त्यसवेला कुन विषय पढ्ने भन्नेबारे अभिभावकको भूमिका बढी हुन्थ्यो । अभिभावकको निर्णय कुन आधारमा हुन्थ्यो भन्ने पनि हुन्छ । म खोटाङमा विद्यालय पढेको हो । अहिले स्नातक चारवर्षे भयो । तर, त्यतिवेला दुईवर्षे हुन्थ्यो । चार सेमेस्टर हुन्थ्यो । त्यतिवेला व्यवस्थापनको पढाइ भर्खर डिजाइन भएको थियो । कोर र स्पेसलाइजको दुवै विषय हुन्थ्यो । मैले त्यतिखेर कम्प्युटर विषय लिएको थिएँ । तर, कम्प्युटर नै देखेको थिइनँ । सिंहदरबारमा कम्प्युटर छ भन्थे । तर, कम्प्युटर नदेखी कम्प्युटर विषय पढेँे । इनपुट, प्रोसेसिङ र आउटपुट डिभाइस भनेर पढेँ ।  शिक्षक पनि त्यति जान्ने थिएनन् । तर, नयाँ गर्नुपर्छ भनेर कम्प्युटर पढँे । सम्भवतः कम्प्युटर पढ्ने हाम्रो पहिलो ब्याच थियो । अहिले चारवर्षे ग्य्राजुएसनपछि सबैले मास्टर्स गर्नुपर्छ भन्ने छैन । ग्य्राजुएटमै विशिष्टता छ ।
त्यो वेला पढिसकेपछि जागिर खाने भन्ने मान्यता हुन्थ्यो । तर, अहिले धेरै परिवर्तन भइसक्यो । अहिले ग्य्राजुएसनमा हुने पढाइ त्यतिवेला मास्टर्समा पढ्थ्यौँ ।

त्यतिखेर कम्प्युटर विषय लिएको थिएँ । तर, कम्प्युटर नै देखेको थिइनँ । सिंहदरबारमा कम्प्युटर छ भन्थे । तर, कम्प्युटर नदेखी कम्प्युटर विषय उत्तीर्ण गरेँ । इनपुट, प्रोसेसिङ र आउटपुट डिभाइस भनेर पढेँ । 

अबको मास्टर्स भनेको स्पेसियलाइजेसन हो । तर त्यतिवेला स्पेसियलाइजेसनको कोर्स थिएन । त्यो वेलाका मास्टर्सभन्दा अहिलेको ग्य्राजुएसनमा बढी पढाइ हुन्छ । त्यो वेला शिक्षकहरू भारततिर थिए । त्यो वेला हाम्रा एकजना शिक्षक भारतमा गोल्डमेडल ल्याएको भन्थे । तर, अहिले नेपालमै सक्षम शिक्षक उत्पादन भइसकेका छन् । हाम्रो पालामा प्रविधि थिएन, तर अहिले जताततै राम्रो प्रविधि छ । त्यो वेला क्याल्कुलेटर पाउन पनि मुस्किल हुन्थ्यो । तर, अहिले ल्यापटप र मोबाइलमा एप चलाए तत्काल समाधान निस्कन्छ ।

अरूले पढेको किताब मागेर पढ्थ्यौँ, तर अहिले छानी–छानी किताब किन्न पाइन्छ । अहिले प्रविधिमा ठूलो परिवर्तन भइसक्यो । हामी पाँच क्रेडिट आवर पढ्थ्यौँ । त्यसमा करिब ८० घन्टा हुन्थ्यो । अहिले ९० घन्टामा सबै सक्नुपर्छ भन्ने मान्यताले विषय टुक्रा-टुक्रा बनाइएको छ । त्यतिवेला विषय विश्लेषण सही थिएन कि भन्ने लाग्छ ।

त्यो वेला पढिसकेपछि जागिर खाने थियो । तर, अहिले धेरै परिवर्तन भइसक्यो । अहिले ग्य्राजुएसनमा हुने पढाइ त्यतिवेला मास्टर्समा पढ्थ्यौँ । अबको मास्टर्स भनेको स्पेसियलाइजेसन हो । तर, त्यतिवेला स्पेसियलाइजेसनको कोर्स थिएन

पढाइलाई कामसँग जोड्नुपर्छ । सैद्धान्तिक पढाइले मात्र हुँदैन । मैले पढेकै विषय पनि कैयौँ पक्षसँग जोडिनुपथ्र्याे । ग्य्राजुएट भनेको उच्चस्तरीय जनशक्ति उत्पादन गर्ने स्ट्रिम हो । त्यो वेलामा मलाई त्यो बोध थिएन । ग्य्राजुएसनमा कोर र स्पेसियलाइजेसन दुवैलाई मिलाउनुपर्छ । किनकि सबैले मास्टर्स गर्छन् भन्ने छैन । मानिसलाई ग्य्राजुएसनबाटै सक्षम बनाउनुपर्छ । अहिले एउटा क्वालिफिकेसन फ्रेमवर्कसँग जोडेर शिक्षालाई अघि बढाउनुपर्छ भन्ने लाग्छ र म त्यसैअनुसार गरिरहेको छु ।