मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
 प्रकाश दाहाल सहसचिव
 प्रकाश दाहाल काठमाडाैं
२०७६ भदौ २ सोमबार १२:१७:००
Read Time : > 2 मिनेट
लोकसेवा

पाठकको जिज्ञासा विज्ञको जवाफ

Read Time : > 2 मिनेट
 प्रकाश दाहाल काठमाडाैं
२०७६ भदौ २ सोमबार १२:१७:००

दीपक बिसीको जिज्ञासा 
मौलिक अधिकार र संवैधानिक अधिकार एउटै विषय हुन् वा फरक हुन् ?

मौलिक अधिकार भनेको संविधानले संवैधानिक उपचारको व्यवस्थासमेत गरी तोकेको जनताको राजनीतिक, नागरिक, सामाजिक तथा सांस्कृतिक एवं आर्थिक अधिकार हुन् । राज्यविरुद्धका नागरिक अधिकार मानिने मौलिक अधिकारको उल्लंघनविरुद्ध नागरिकले न्यायालयसमक्ष सीधै रिट निवेदन दिन सक्छन् भने न्यायालयले यस्ता रिट निवेदनको तत्काल सुनुवाइ गरी उपचार प्रदान गर्छ । संवैधानिक अधिकार भनेकोचाहिँ मौलिक अधिकारका अतिरिक्त संविधानले जनताका लागि व्यवस्था गरेका सबै अधिकार हुन् । मौलिक हकबाहेकका अन्य संवैधानिक अधिकारको संवैधानिक उपचारको व्यवस्था भने गरिएको हुँदैन ।

 सञ्जय दुलालको जिज्ञासा 
किन आरक्षणलाई नकारात्मक धारणा र सकारात्मक विभेदलाई सकारात्मक धारणामा अधारित मानिन्छ ?

आरक्षणलाई नकारात्मक र सकारात्मक विभेदलाई सकारात्मक धारणा मान्नुपर्छ भन्ने छैन । आरक्षण र सकारात्मक विभेद दुवै समाजमा विगतदेखि पछाडि परेका वा पारिएका व्यक्ति वा समुदायलाई विशेष व्यवस्थाद्वारा राज्य संरचनामा मूल प्रवाहीकरण गर्ने प्रक्रिया हुन् । सामान्यतया आरक्षणले योग्यता प्रणालीमा असर गर्ने तर सकारात्मक विभेदले योग्यता प्रणालीको प्रवद्र्धन गर्नमा जोड दिने भएकाले आरक्षणलाई नकारात्मक र सकारात्मक विभेदलाई नकारात्मक धारणामा आधारित भनिएको हुन सक्छ । 

राज्य पुनर्संरचना र संघीयता भनेको एउटै विषय हो ?
राज्य पुनर्संरचना भन्नाले राज्यको विद्यमान स्वरूप, शासकीय प्रणाली, संरचना र संस्थाहरूमा फेरबदल, पुनरावलोकन एवं समायोजन गर्ने प्रक्रिया हो । संविधान निर्माण वा भइरहेकै संविधानको परिमार्जन वा पुनर्लेखनमार्फत राज्य पुनर्संरचना गर्ने गरिन्छ । संघीयता राज्यशक्तिको दुई वा दुईभन्दा बढी तहका सरकारहरूबाट गर्ने गरी व्यवस्था गरिएको राज्यको स्वरूप हो । त्यसैले एकात्मक व्यवस्थामा परिवर्तन गरी संघीय व्यवस्थामा राज्यको स्वरूपलाई रूपान्तरण गर्ने प्रक्रिया पनि राज्य पुनर्संरचना नै हो । तर, राज्य पुनर्संरचना राज्यको संघीयकरणभन्दा थप कुरा पनि हो । राज्यको संघीयकरणचाहिँ राज्यको राजनीतिक पुनर्संरचना हो भने यसबाहेक राज्य पुनर्संरचनाका आर्थिक पुनर्संरचना, सामाजिक सांस्कृतिक पुनर्संरचना र प्रशासनिक पुनर्संरचनाजस्ता पक्षसमेत हुन्छन् ।
  
अदालतबाट लागू नै हुन नसक्ने राज्यका नीति निर्देशक सिद्धान्तहरू संविधानमा राख्नुको आवश्यकता र औचित्यबारे उल्लेख गर्नुहोस् ।
राज्यको निर्देशक सिद्धान्तहरू मुलुकलाई बृहत् स्तरबाट दिशानिर्देश गर्ने मार्गदर्शन हुन् । यिनीहरूले मूलतः राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र परराष्ट्र मामिला सम्बन्धमा समष्टिगत मार्गदर्शन तय गरेका हुन्छन् । राज्यले विभिन्न ऐन, नियम, नीति, योजना, कार्यक्रम आदि तर्जुमा गर्दा यस्ता सिद्धान्तको अध्ययन गरी तिनीहरूअनुकूल हुने गरी गर्नुपर्ने हुन्छ । यद्यपि निर्देशक सिद्धान्तमा उल्लेख भएका विषयहरूको कार्यान्वयन नभएको विषय अदालती अनुसन्धानको विषय बन्दैन । यिनीहरूलाई राज्यले आफ्नो क्षमताका अधारमा क्रमशः कार्यान्वयन गर्दै लानुपर्ने हुन्छ ।
 
 जनक पोखरेलको जिज्ञासा 
कर्मचारीतन्त्रमा Red Tap is भनेको के हो ?

लाल फिलाशाही भनेको कर्मचारीतन्त्रमा रहेको विद्यमान ढिलासुस्ती वा समयमै काम सम्पन्न नगर्ने प्रवृत्ति हो । रातो फित्ताले फाइल बाँधेर थन्क्याउने र कहिले त्यसलाई नखोल्ने विकृति लाल फित्ताशाही हो । 

 नवराज ओलीको जिज्ञासा 
स्रोत–साधन वितरणमा सीमान्तीकरण भन्नाले के बुझिन्छ ? वितरणमा यसले कस्तो प्रभाव पार्न सक्छ ?

स्रोत–साधनको वितरण गर्दा न्यायोचित, समान र सन्तुलित एवं समन्यायिक ढंगले नगर्दा यसको लाभबाट वञ्चित हुने वर्ग–समूह क्रमशः किनारा लाग्दै जाने प्रक्रियालाई स्रोत–साधनको वितरणका कारण हुने सीमान्तीकरण भनिन्छ । यसले समाजमा धनी र गरिबबीचको खाडल बढाउने, कमजोर वर्ग समूहलाई मूल प्रवाहभन्दा बहिर सीमित गर्ने, गरिबीलाई प्रश्रय दिने, स्रोतको वितरणमा सन्तुलन र विवेकशीलता र न्याय कायम नहुने, राज्यको कल्याणकारी दायित्व र संरक्षकारी भूमिका कमजोर हुनेजस्ता प्रभाव पर्छन् ।

 मिलन न्यौपानेको जिज्ञासा 
गाउँसभा र कार्यपालिका अथवा नगरसभा र कार्यपालिकाको गठन प्रक्रियाबारे लेख्नुहोस् । यस प्रश्नको उत्तर कसरी लेख्न सकिन्छ ?

स्थानीय सरकार सञ्चालन ऐन, ०७४ ले गाउँ–कार्यपालिका तथा गाउँसभा र नगर कार्यपालिका तथा नगरसभाको गठन, काम, कर्तव्य र अधिकार समावेश गरेको छ । त्यसैका आधारमा यो प्रश्नको उत्तर लेख्नुपर्ने हुन्छ ।