मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका मेलबर्न
२०७६ भदौ २ सोमबार ११:३७:००
Read Time : < 1 मिनेट
खेलकुद

अम्पायरलाई अपशब्द बोल्दा किर्गियोस दण्डित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका मेलबर्न
२०७६ भदौ २ सोमबार ११:३७:००

अस्ट्रेलियन टेनिस खेलाडी निक किर्गियोस उग्र स्वभावकै छन् । आपूmभन्दा कमजोर प्रतिद्वन्द्वीसँग पराजित हुँदा किर्गियासको रिसको सीमै हुँदैन । सिनसिनाटी मास्टर्स सिरिजको क्वार्टरफाइनलमा यस्तै भयो । कारेनसँग उनी ७–५, ६–७ र २–६ को सेटमा पराजित भए । हार स्वीकार गर्न नसकेका किर्गियोसले र्‍याकेट भूमिमा बजारे ।

अम्पायरले उनलाई शान्त रहन आग्रह गरे । तर, किर्गियोस उल्टै अम्पायरसित नै वादविवाद गर्न थाले । यसक्रममा उनले अम्पायर फर्गुसनलाई अपशब्द प्रयोग गरे । अपशब्दसँगै किर्गियोसले अम्पायरकै सामु थुके पनि । विश्व टेनिस महासंघले किर्गियोसको व्यवहार असामान्य भएको भन्दै उनीमाथि कारबाही गरेको छ । उनलाई एक लाख १२ हजार डलर जरिवाना गराएको छ । यता एटिपीले किर्गियोसमाथि प्रारम्भिक सजाय भएको जनाएको छ । अम्पायरको रिपोर्ट आएपछि उनी थप कारबाहीमा पर्न सक्छन् । एपिटीका अनुसार किर्गियोस केही महिनाका लागि प्रतिबन्धमा पनि पर्न सक्छन् ।