१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका टेगुसिग्राफ
२०७६ भदौ २ सोमबार ११:३४:००
Read Time : < 1 मिनेट
खेलकुद

फुटबल दंगामा तीनको मृत्यु, सात घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका टेगुसिग्राफ
२०७६ भदौ २ सोमबार ११:३४:००

होन्डुरसमा शनिबार भएको नेसनल च्याम्पियनसिप फुटबल प्रतियोगितामा दंगा हुँदा कम्तीमा तीनजना समर्थकको मृत्यु भएको छ । दंगापीडित सातजनाको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ । ओलम्पिया र मोटागुआबीच प्रतिस्पर्धा भएको थियो । होन्डुरसको राष्ट्रिय रंगशालामा खेलको समाप्तिपछि दुई समर्थकबीच झडप भएको थियो । 

अन्तर्राष्ट्रिय मिडियाका अनुसार ओलम्पिया र मोटागुआका समर्थक एकआपसका कट्टर विरोधी हुन् । सामान्य खेलमा समेत यी दुई क्लबका समर्थकबीच झडप हुने गर्छ । रंगशालाभित्र प्रवेश गर्न नसकेका १० हजार समर्थकले ठूलो स्किनमै प्रतिस्पर्धा हेरेका थिए । यसपटक प्रतिस्पर्धाको फाइनल खेल थियो । खेलको समाप्तिपछि रंगशालाबाहिर रहेका ओलम्पियाका समर्थकले मोटागुआका समर्थकमाथि हमला गरेका थिए ।

सुरक्षाकर्मीले समेत नियन्त्रणमा लिन नसकेको झडपमा तीन फुटबल समर्थकले ज्यान गुमाउन पुगेको इस्कुएला अस्पतालका प्रवक्ता जुलिथ चाभरियाले बताएका छन् । अहिलेसम्म ती तीन समर्थक कुन पक्षका हुन् भन्ने थाहा भएको छैन । 

खेलको समाप्तिपछि रंगशालाबाहिर रहेका ओलम्पियाका समर्थकद्वारा मोटागुआका खेलाडी र समर्थकमाथि हमला 

मोटागुआका खेलाडी रंगशालाबाट बाहिरिरहेका थिए । ओलम्पियाका समर्थकले खेलाडी चढेको बसमा ढुंगामुढा गरे । त्यसको बचाउमा मोटागुआका समर्थकले प्रत्युत्तर दिए । ढुंगा प्रहार हँुदा बसभित्र तीन मोटागुआका खेलाडी घाइते भएको क्लबका अध्यक्ष पेड्रो अतालाले बताए । 

यता ओलम्पिया क्लबका अध्यक्ष राफेल भिलेडाले घटना अप्रिय भएको बताएका छन् । ‘यो घटनाप्रति म माफी माग्न चाहन्छु, घटना अप्रिय थियो,’ राफेलले ट्विटरमा भने । दंगा नियन्त्रणमा लिन करिब पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो । सुरक्षाकर्मीले समर्थकमाथि टियर ग्यास प्रयोग गरेका थिए ।