Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
ललिजन रावल
२०७६ भदौ २ सोमबार ०९:३३:००
Read Time : < 1 मिनेट
नयाँCity

हुलाकको जमानाको गजल

रचनागर्भ

Read Time : < 1 मिनेट
२०७६ भदौ २ सोमबार ०९:३३:००

नखोलेरै राखिएको एउटा बन्द खाम थियो
भित्र के–के थियो कुन्नि बाहिर मेरै नाम थियो

करिब ३२ वर्षअघि मैले लेखेको गजल हो, बन्द खाम । ०४६ सालमा ‘बिरानो यो ठाउँमा’ गजल संग्रहमा संग्रहित गरेँ यसलाई । प्रेममा मग्न हुने उमेरमा रचना गरेको भए पनि मैले लेखेको यो गजललाई प्रेम गजल भन्न रुचाउदिनँ म ।

त्यो हुलाकको जमाना थियो । त्यतिवेला चिठ्ठी पठाउन खामको प्रयोग हुन्थ्यो । सहरबाट पठाएको चिठ्ठी महिनौँपछि गाउँ पुग्थ्यो । खुसी वा दुःख, जस्तो खबर भए पनि थाहा पाउने माध्यम चिठ्ठी मात्र थियो । त्यसको विकल्प थिएन । त्यही बाध्यतालाई गजलको ‘थिम’मा पक्रिएँ मैले । 

टाढा रहेका आफन्तले पठाएको चिठ्ठी हुलाकमा आइपुगेको छ । त्यसभित्र खबर कस्तो छ, थाहा छैन । खाम बन्द छ, खोलिएको छैन । खामको बाहिरपट्टि आफ्नो नाम देखेपछि उब्जिएको कौतुहललाई गजलमा उनेँ । केटा र केटी दुवैको ‘फिलिङ्स’लाई केन्द्रमा राखेँ ।


विनोद दाहालले रवि प्राञ्जलको संगीतमा र मीरा राणाले आफ्नै संगीतमा गाउनुभयो । शास्त्रीय संगीतका गुरु धनबहादुर गोपालीले आफ्नै संगीतमा ‘उत्तरांग’ भन्ने एल्बममा राख्नुभयो । गालिबको एउटा गजल सयौँजनाले गाएको सुनेको मलाई आफ्नो गजल पनि धेरैले गाउँदा खुसी नलाग्ने कुरै भएन । यो गजल त्रिभुवन विश्वविद्यालयको स्नातक दोस्रो वर्षको नेपालीमा १२÷१३ वर्षदेखि पढाइँदै आएको छ ।

बाजुरा या ताप्लेजुङको ओलाङचुङगोलामा बस्ने मान्छेले काठमाडौंबाट आफन्तले पठाएको चिठ्ठी महिनौँपछि मात्र पाउँथे । विदेश जानेका पीडा त्यत्तिकै हुन्थे । यस्ता थुप्रै पीडाको साक्षी थिएँ म । उनीहरूका उकुसमुकुसलाई आफ्नो गजलबाट साम्य पार्ने प्रयास हो मेरो । रमेश विकलले ट्रक साहित्यसम्बन्धी आफ्नो लेखमा यो गजलबारे उल्लेख गर्नुभएको थियो । आफूलाई चिनाउने गजलका रूपमा लिन्छु म यसलाई ।