१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
तस्बिर : अमुल थापा
२०७६ भदौ २ सोमबार ०९:४७:००
Read Time : > 1 मिनेट
नयाँCity

समाजसेवालाई माइती क्याफे

सहरमा रेस्टुराँ

Read Time : > 1 मिनेट
२०७६ भदौ २ सोमबार ०९:४७:००

आम्दानीको ५१ प्रतिशत हिस्सा माइती नेपाललाई । काम गर्ने कर्मचारी पनि माइती नेपालमा आश्रित चेलीहरू । समाज सेवा र व्यवसाय दुवै गर्ने उद्देश्यले नयाँबानेश्वर चोकमा खुलेको छ, माइती क्याफे । समाज सेवामा रमाउने चारजना युवाले माइती नेपालसँगको सहकार्यमा यो क्याफे सञ्चालनमा ल्याएका हुन् । क्याफेको आम्दानीको ४९ प्रतिशत रकम मात्र यसको व्यवस्थापनमा खर्च हुनेछ ।

युवा उद्यमी तथा सामाजिक अभियन्ता समीर पन्थीले समान विचार र आदर्शमा विश्वास गर्ने साथीहरू उपेन्द्रबहादुर श्रेष्ठ, प्रवीरशमशेर राणा र मनीष कोइरालासँग मिलेर ‘आफ्नो नेपाल’ नामक संस्था खोलेका छन् । सोही संस्थाको पहिलो प्रोजेक्ट हो, माइती क्याफे । अमेरिकामा लामो समय विभिन्न व्यवसाय सञ्चालन गरेका पन्थी स्वदेशमै केही गर्नुपर्छ भनेर नेपाल फर्किएका हुन् । ‘माइती क्याफे सामाजिक उद्यमशीलता हो,’ राणा भन्छन्, ‘माइती क्याफेको फरक मेनुमा त्यस्तै फरक कथा पनि छ ।’

कर्मचारी माइती नेपालका चेली
माइती नेपालमा आश्रित चेलीलाई नयाँ जीवन दिन ‘माइती क्याफे’ सहयोगी हुने विश्वास सञ्चालकको छ । क्याफेमा आउने ग्राहकलाई माइती नेपालकै चेलीले सत्कार गर्छन् । राणा भन्छन्, ‘यो पाइलट प्रोजेक्ट हो, हामी यतिमै सीमित हुँदैनौँ, अरू रेस्टुराँ पनि थप्दै जानेछौँ ।’ 

माइती नेपालमा आश्रित चेलीलाई सीप सिकाउने, आत्मबल बढाउने, समाजमा अन्तर्घुलन गराउने र आत्मनिर्भर बनाउने उद्देश्य उनीहरूको छ । माइती नेपालका नौजना चेलीले क्याफेमा काम गरिरहेका छन् । देशका अन्य सहरमा विस्तार गरिने आउटलेटबाट हुने आम्दानी पनि सामाजिक क्षेत्रमा लगाउने उनीहरूको योजना छ । ती सबै आउटलेटमा माइती नेपालमा आश्रित चेलीले रोजगारी पाउनेछन् ।

माइती नेपालमा आश्रित चेलीलाई सीप सिकाउने, आत्मबल बढाउने, समाजमा अन्तर्घुलन गराउने र आत्मनिर्भर बनाउने उद्देश्य उनीहरूको छ । माइती नेपालका नौजना चेलीले क्याफेमा काम गरिरहेका छन् ।

विदेशी परिकार, नेपाली स्वाद
‘हाम्रो मेनुमा धेरै परिकार छैनन्, विशेष परिकार मात्र छन्,’ क्याफेका म्यानेजर उत्कर्ष श्रेष्ठ भन्छन्, ‘यहाँ सर्भ गरिने अधिकांश परिकार अरू रेस्टुराँमा पाइँदैनन् ।’ रेस्टुराँमा नेपाली, भारतीय, चिनियाँ र कन्टिनेन्टल परिकार पाइन्छ । ‘हामी विदेशी प्रख्यात परिकारलाई पनि नेपाली जिब्रो सुहाउँदो स्वादमा पस्किन्छौँ,’ श्रेष्ठ भन्छन् ।

फ्राइड माइती बन, स्टिम माइती बन, माइती चिकेन, माइती स्पेसल चिकेन मःम, नेपाली होममेड फ्लेवर सुप नुडल्स, फ्राइड राइस, जापानिज फ्लेवर इन्स्पायर्ड फ्राइड राइस, कोरियन फ्लेवर इन्स्पायर्ड सुप नुडल्स, ग्रिल्ड चिकेन सिज्लर, ग्रिल्ड फिस सिज्लरलगायत परिकार माइती क्याफेका मेनुमा छन् । चिनियाँ र जापानी परिकार पनि नेपाली स्वादमा खान पाइन्छ । ‘हाम्रोमा बफ, अल्कोहल र धूम्रपानका आइटम छैनन्,’ श्रेष्ठ भन्छन् ।

क्याफेमा एकसाथ १२० ग्राहकले सेवा पाउन सक्छन् । नयाँबानेश्वर बैंक र कलेजको ‘हब’ हो । क्याफेमा आउने पनि बैंकका कर्मचारी र कलेजका विद्यार्थी बढी हुन्छन् । लन्चको समयमा बैंकर बढी आउँछन् । काठमाडौंको केन्द्र भएकाले सबै प्रकारका ग्राहक आउने विश्वास सञ्चालकको छ । ‘हाम्रा ग्राहकले क्याफेमा खाएबापत सामाजिक क्षेत्रमा सहयोग गरिरहनु भएको हुन्छ,’ श्रेष्ठ भन्छन् ।

मुख्य परिकार

  •  फ्राइड माइती बन
  •  स्टिम माइती बन
  •  माइती चिकेन
  •  माइती स्पेसल चिकेन मःम
  •  नेपाली होममेड फ्लेवर सुप नुडल्स
  •  फ्राइड राइस
  •  जापानिज फ्लेवर इन्स्पायर्ड फ्राइड राइस
  •  कोरियन फ्लेवर इन्स्पायर्ड सुप नुडल्स
  •  ग्रिल्ड चिकेन सिज्लर
  •  ग्रिल्ड फिस सिज्लर