मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २ सोमबार ०८:५२:००
Read Time : < 1 मिनेट
सप्तरंग

सडक–२ को अफर आउँदा खुसीले उफ्रिइन् आलिया

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २ सोमबार ०८:५२:००

आलिया भट्ट अहिले सडक २ को सुटिङमा व्यस्त छिन् । यसपछि उनी सञ्जयलीला भन्सालीको इन्साअल्लाह र करण जौहरको तख्तमा व्यस्त हुनेछिन् । व्यस्त आलियाले सडक–२ को अफर आउँदा आफू खुसीले उफ्रिएको अनुभव सुनाएकी छिन् । 

‘मलाई याद छ कि म खुसीले उफ्रिएकी थिएँ । म मुम्बईबाट बाहिर थिएँ । अचानक मलाई कल आएको थियो कि फिल्ममा मलाई लिइएको छ,’ उनले भनिन्, ‘म खुसीले पाँच मिनेटसम्म उफ्रिरहेँ । म खुब उत्साहित थिएँ र सुटिङ पनि राम्रो चल्दै छ ।’ यस फिल्ममा आलियाले सुपरस्टार सलमान खानसँग स्क्रिन सेयर गर्दै छिन् ।