मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २ सोमबार ०८:४४:००
Read Time : < 1 मिनेट
सप्तरंग

शिल्पालाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २ सोमबार ०८:४४:००

बहुविवाहको मुद्दा खेपिरहेकी नायिका शिल्पा पोखरेल तत्काल पक्राउ नपर्ने भएकी छिन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले उनलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

घरेलु हिंसाको मुद्दाबाट सुरु भएको शिल्पा र उनका पति छवि ओझाको विवाद अन्तिम समयमा सम्बन्धविच्छेदको अवस्थासम्म पुगेको थियो । शिल्पासँगको विवाद नसुल्झिँदै छविकी पहिलो श्रीमती हेमा ओझाले महानगरीय प्रहरी वृत्त गौशलामा बहुविवाहको उजुरी दिएकी थिइन् ।

गौशाला प्रहरीले महिला सेल विभाग कालिमाटीमा सो उजुरी पठाएको थियो । त्यसयता कालीमाटी प्रहरीले छवि र शिल्पालाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको थियो । अदालतले पक्राउ गर्न अनुमति दिएसँगै दुवैजना फरार थिए । 

त्यसपछि जिल्ला अदालतको आदेश खारेजीको माग गर्दै शिल्पाले उच्च अदालत पाटनमा २४ साउनमा रिट दायर गरेकी थिइन् । उच्च अदालतले पनि जिल्ला अदालतकै आदेश सदर गरेपछि उनीहरूलाई पक्राउ गर्ने बाटो खुलेको थियो ।

आदेशविरुद्ध शिल्पाले आफ्नो वारेसमार्फत गत २९ साउनमा सर्वोच्चमा रिट दायर गरेकी थिइन् । रिटको सुनुवाइ गर्दै आइतबार सर्वोच्चले शिल्पालाई तत्काल पक्राउ नगर्न आदेश दिएको हो । आदेश १५ भदौसम्मका लागि जारी भएको छ ।