मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २ सोमबार ०८:४१:००
Read Time : < 1 मिनेट
साहित्य

मदन पुरस्कार रणहारलाई, जगदम्बाश्री सम्मान काइँलालाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २ सोमबार ०८:४१:००

०७५ सालको मदन पुरस्कार ‘रणहार’का लेखक योगेश राज तथा जगदम्बाश्री सम्मान वरिष्ठ कवि वैरागी काइँलालाई प्रदान गरिने भएको छ । आइतबार बसेको मदन पुरस्कार गुठीको साधारणसभाले यस्तो निर्णय गरेको हो । 

‘रणहार’ भक्तपुरका अन्तिम राजा रणजित मल्लबारे लेखिएको पुस्तक हो । पृथ्वीनारायण शाहले सैन्य चलाखीमार्फत रणजितबाट राज्य कसरी खोसे भन्ने ऐतिहासिक परिघटना पुस्तकले प्रस्तुत गर्छ । त्यसैगरी लिम्बू भाषा तथा मुन्धुम संस्कार र संस्कृतिको अध्ययन अनुसन्धान तथा अभिलेखीकरण गरी नेपाली वाङ्मय क्षेत्रमा उल्लेखनीय योगदान पु-याएबापत काइँलालाई जगदम्बाश्रीबाट सम्मान गर्न लागिएको गुठीले जनाएको छ ।

हरेक वर्ष प्रदान गरिने मदन पुरस्कार तथा जगदम्बाश्री सम्मानको राशि यसपटक दोब्बर बनाइएको छ ।