१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
विष्णु भट्ट गायक
२०७६ भदौ २ सोमबार ०८:३८:००
Read Time : < 1 मिनेट
सप्तरंग

बम्बैको लाहुरेमा देउडाको फरक प्रयोग

गीत संवाद

Read Time : < 1 मिनेट
२०७६ भदौ २ सोमबार ०८:३८:००

छम्मछम्म म त नाच्या ओए
उहीसँग कम्मर भाँच्या ओए
उही मलाई देखेर तर्सिन्छे
जइखीलाई जवानी साँच्या ओए
म त लाहु-या हुँ लाहु-याँ हुँ बम्बैको ।

‘बम्बैको लाहुरे’ देउडालाई फरक तरिकाले प्रयोग गरिएको डान्सिङ नम्बरको गीत हो । पुना, बम्बैवरिपरि बस्ने नेपालीको कहानी, मध्यपश्चिम, सुदूरपश्चिमका मेला, पर्व र प्रेमलाई जोडेर एउटा प्रेमीको साइडबाट बयान गरिएको गीत तयार गर्ने हरिश भट्टको अवधारणाले तान्यो । र, यो गीत तयार पारेँ । स्वर र संगीतआफैँले भरेँ ।

सुदूरपश्चिम, मध्यपश्चिम, कर्णालीवरिपरि र खस भाषाको प्रयोग हुने ठाउँलाई विशेष केन्द्रमा राखेर तयार पारिएको गीत हो, यो । तर, भारतमा बस्ने नेपालीमाझ यतिवेला यो गीतले तहल्का पिटिरहेको छ । मुम्बई, पञ्जाब, दिल्ली, देहरादुनलगायत ठाउँमा यो गीतले नसोचेको सफलता पाइरहेको छ ।

मेरो गीतलाई सृष्टि खड्का र विक्रम चौहानको अभिनयले जीवन्त बनाइदिएको छ । म पश्चिमी भेगका धेरै ठाउँमा स्टेज सो गर्न पनि गएँ । दर्शकको प्रतिक्रिया राम्रो छ । युवापुस्तालाई फोकस गरिएको गीत भए पनि मुम्बईमा सबै वर्गले मन पराएका छन् ।