१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ भदौ २ सोमबार ०८:३८:००
Read Time : < 1 मिनेट
सप्तरंग

एकान्तमा बसेर फिल्म हेर्छु : सुगम पोखरेल

फिल्म वार्ता

Read Time : < 1 मिनेट
२०७६ भदौ २ सोमबार ०८:३८:००

हलको कोलाहलमा बसेर फिल्म हेर्दिनँ । मन परेको फिल्म डिभिडी किनेर घरमै बसेर एक्लै हेर्न मज्जा लाग्छ । मन परेका डाइलग रिप्ले गर्दै सुन्न, हाँस्न रमाइलो लाग्छ । घरमा फिल्म हेर्दा पनि कसैले डिस्टर्ब गरेको मन पर्दैन ।सञ्चारमाध्यमहरूमा आउने समीक्षाले मलाई फिल्म हेर्न प्रभाव पार्दैन । मलाई अरूले राम्रो भनेको नराम्रो र नराम्रो भनेको राम्रो पनि लाग्न सक्छ । फिल्मको ट्रेलरले भने प्रभाव पार्छ ।

एक्सन, थ्रिलर र कमेडी फिल्म मन पर्छ । अहिलेका अधिकांश नेपाली फिल्म ‘लभ स्टोरी’मा आधारित छन् । एउटै खालको फिल्म बनाउने लहर चलेको छ । तर, मलाई लभ स्टोरी फिल्मले छुँदैन । कमेडी र सामाजिक विषयवस्तुमा आधारित फिल्म हेर्छु । वास्तविकतामा आधारित र फरक धारका फिचर फिल्म हेर्न रुचाउँछु । यस्ता फिल्मले दिने रमाइलो नै फरक हुन्छ ।

विपिन कार्की र मनोज पण्डित मन पर्छ
विपिन कार्की मलाई मन पर्ने कलाकार हुनुहुन्छ । उहाँ हरेक फिल्ममा फरक भूमिकामा देखिनुहुन्छ । र, हरेक चरित्रलाई न्याय गर्न सक्नुहुन्छ । उहाँको एउटै खालको चरित्र भएको फिल्म दोहोरिएको छैन । कार्कीले निर्वाह गरेका सबै चरित्र हिट छन् ।

फरक–फरक भूमिकामा कमै कलाकारले अवसर पाउँछन् । विपिन कार्कीले भने पाइरहनुभएको छ । किनकि, उहाँ बहुप्रतिभाशाली कलाकार हुनुहुन्छ ।मनोज पण्डितले बनाउने फिल्म बजारमा चलिरहेकाभन्दा फरक हुन्छन् । त्यसैले उहाँको फिल्म हेर्न फरक उत्सुकता हुन्छ । उहाँले ‘आउट अफ ट्र्याक’ फिल्म बनाउने प्रयास गर्नुहुन्छ । फरक धारका फिल्म बनाउने उहाँको आँट प्रशंसायोग्य लाग्छ ।