मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ भदौ २ सोमबार ०६:१७:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

अध्यक्षपछिको वरीयतामा अब खनाल

एक वर्षअघि खनालले राखेको माग सम्बोधन, तर बदला लिएको भन्दै नेपालको आपत्ति

Read Time : > 2 मिनेट
२०७६ भदौ २ सोमबार ०६:१७:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालको वरीयताक्रम हेरफेर भएको छ । यसअघि दुई अध्यक्षपछिको वरीयताक्रममा रहेका नेपाल अब तेस्रो क्रममा पुगेका छन् भने खनाल तेस्रोबाट दोस्रोमा उक्लिएका छन् । केन्द्रीय सचिवालयको आइतबारको बैठकले शीर्ष नेताको वरीयताक्रम हेरफेर गरेको हो ।

गत वर्ष पार्टी एकताको समय आफू चीन भ्रमणमा रहेका वेला अन्याय हुने गरी वरीयतामा तल पारिएको भन्दै खनालले आपत्ति जनाएका थिए । खनालले त्यतिवेलै पार्टीमा उजुरी पनि गरेका थिए । तर, आइतबारको बैठकले वरीयता परिवर्तन गरेको छ । ‘वरिष्ठ नेताहरूको नयाँ मर्यादाक्रम निर्धारण भएको छ,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘त्यसअनुसार तेस्रो वरीयतामा झलनाथ खनाल र चौथो वरीयतामा माधवकुमार नेपाल रहनुहुनेछ ।’ 

खनाललाई आफूभन्दा माथिल्लो वरीयतामा राख्ने प्रस्ताव स्वीकार गरे पनि निर्णय गर्ने विधि, प्रक्रिया ठीक नभएको र अध्यक्ष ओलीले त्यसमा गल्ती भएको स्विकारेर आत्मालोचना नगरेको भन्दै नेपालले असन्तुष्टि जनाएका थिए । आफ्नो धारणा राखिसकेपछि नेपाल बैठक छोडेर बाहिरिएका थिए । 

नेपालको प्रस्ताव अस्वीकृत
बैठकमा वरिष्ठ नेता नेपालले पार्टी सञ्चालनसम्बन्धी विधि र प्रक्रियाबारे गम्भीर प्रश्न उठाएको स्रोतले बतायो । साबिक एमालेबाट वरीयताका आधारमा तत्कालीन उपाध्यक्ष वामदेव गौतमलाई पुनः उपाध्यक्षमा प्रस्ताव गरेर अरूलाई सचिवालयबाटै बाहिर पारिएकोमा नेपालले आपत्ति जनाएका थिए ।

नेपालले साबिक एमालेबाट सबैभन्दा बढी मतका साथ विजयी तत्कालीन उपाध्यक्ष भीमबहादुर रावलसहित अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई सचिवालय सदस्यमा मनोनयन गर्नुपर्ने मत दर्ज गराएका छन् । तर, उनको प्रस्तावमा केन्द्रित रहेर छलफल भने भएन । 

त्यस्तै, नेपालले पार्टीको अन्तरिम विधानअनुसार केन्द्रीय अध्यक्षदेखि सबै नेता–कार्यकर्ताको हकमा ‘एक व्यक्ति : एक पद’ लागू गर्नुपर्ने, पार्टी र सरकार सञ्चालन आलोपालो प्रणालीअनुसार गर्ने एकीकरणको स्पिरिटअनुसार दुई अध्यक्षको कार्यविभाजन हुनुपर्ने पनि बताएका थिए । तर, यो विषयमा पनि बैठकमा केही छलफल भएन । 

उपत्यका र सम्पर्क विशेषमा तोकिए इन्चार्ज र अध्यक्ष 
सचिवालय बैठकले उपत्यका विशेष कमिटीको इन्चार्जमा लीलामणि पोखरेल तथा सहइन्चार्जमा भानुभक्त ढकाल र अरुण नेपाललाई तोकेको छ । त्यस्तै, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकारसमेत रहेका डा. राजन भट्टराई अध्यक्ष तोकिएका छन् । 

युवा–विद्यार्थी विशेष जिल्ला कमिटी इन्चार्जमा माधव ढुंगेल र सहइन्चार्ज कृष्ण केसी तथा अध्यक्ष रमेश मल्ल तोकिएका छन् । पेसागत विशेष जिल्लाको इन्चार्जमा केशवप्रसाद नेपाल र अध्यक्ष प्रेम पराजुली तोकिएका छन् ।

उद्योगी–व्यवसायी जिल्लाको इन्चार्ज पार्वत गुरुङ र सहइन्चार्ज शशी श्रेष्ठ, सम्पर्क विशेष कमिटीको इन्चार्जमा छविलाल विश्वकर्मा र सहइन्चार्जहरूमा झक्कु सुवेदी, विजय गुरुङ र डिलाराम आचार्य तोकिएका छन् । बैठकले सातवटै प्रदेश सम्पर्क कमिटीको अध्यक्ष र सचिव पनि तोकेको छ । 

अन्याय भएको भन्दै खनालले गरेका थिए उजुरी
गत वर्ष पार्टी एकताको समय आफू चीन भ्रमणमा रहेका वेला अन्याय हुने गरी वरीयतामा तल पारिएको भन्दै खनालले आपत्ति जनाएका थिए । खनालले त्यतिवेलै पार्टीमा उजुरी पनि गरेका थिए । तर, आइतबारको बैठकले वरीयता परिवर्तन गरेको छ । ‘वरिष्ठ नेताहरूको नयाँ मर्यादाक्रम निर्धारण भएको छ,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘त्यसअनुसार तेस्रो वरीयतामा झलनाथ खनाल र चौथो वरीयतामा माधवकुमार नेपाल रहनुहुनेछ ।’ 

ओलीलाई नेपालको प्रश्न, ‘झलनाथलाई स्विकार्छु, 
तपाईं गल्तीप्रति आत्मालोचना गर्नुहुन्छ ? 

पार्टी एकीकरणका वेला तपाईं जेएनलाई वरिष्ठ नेता पनि नबनाउने पक्षमा हुनुहुन्थ्यो । नबनाऊँ भनेर प्रस्तावै गर्नुभयो । त्यतिवेला मेरो मायाले होइन, जेएनलाई बदला लिन मलाई माथिल्लो वरीयतामा राख्ने निर्णय गराउनुभयो । त्यसवेला मैले नै उहाँ (जेएन)लाई वरिष्ठ नेता राख्नैपर्छ भनेर जोड गरेको थिएँ । अहिले मलाई अपमान गर्न र बदला लिन जेएनलाई माथि राख्ने प्रस्ताव गर्नुभएको छ ।

उहाँ मभन्दा माथि हो, यो कुरा त्यतिवेलै निर्णय भएको भए पनि स्वीकार गर्थेँ, अहिले पनि वैधानिक हिसाबले उहाँको माथिल्लो वरीयतालाई स्वीकार गर्छु । तर, केपी कमरेड, तपाईंले त्यतिवेला र अहिले दुईपटक गरेको गल्ती बैठकमा स्वीकार गरेर आत्मालोचना गर्नुहुन्छ कि गर्नुहुन्न ?