मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७६ भदौ १ आइतबार १७:३७:००
Read Time : < 1 मिनेट
समाचार

छुवाछूत उन्मुलन आधुनिक इतिहासकै क्रान्तिकारी कदम : कमल थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ भदौ १ आइतबार १७:३७:००

राप्रपा अध्यक्ष कमल थापाले छु्वाछुत उन्मुलन गरेर राजा महेन्द्रले आधुनिक इतिहास कै क्रान्तिकारी कदम चालेको बताएका छन् । 

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनद्वारा आइतबार काठमाडौंमा आयोजित ५६ औं मुक्ति दिवसको अवसरमा बोल्दै अध्यक्ष थापाले छुवाछूत जस्तो कुप्रथालाई राजा महेन्द्रले उन्मुलन गर्नु ऐतिहासिक र महत्त्वपूर्ण कार्य गरेको बताए ।

थापाले नेपालका ग्रामीण भेगमा अझै छुवाछूत र जातीय विभेद जस्ता कुप्रथा कायम रहेको र यसैलाई आधार बनाइ धर्म परिवर्तन गराउनेहरु सक्रिय रहेको भन्दै चिन्ता जनाए ।

जातीय विभेदको अन्त्य, सबैखाले शोषण र विभेदको अन्त्य हुनुपर्छ भनेर संघर्ष गर्नेको नेतृत्वमा रहेको सरकार र व्यवस्थाले मुक्ति दिवसलाई उपेक्षा गर्नु दुःखद भएको उनले बताए । 

थापाले जातीय छुवाछूतलाई हिन्दु धर्मसित जोडेर हेरिए पनि कुनै पनि धर्मग्रन्थमा जातीय विभेद नभएको प्रष्ट पारे । उनले गिता र वेदले जातीय विभेद नभई समानताको बारे चर्चा गरेको उल्लेख गरे । 

कार्यक्रममा वरिष्ठ नेता दिपक बोहरा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, शिक्षाविद् डा विद्यानाथ कोइराला, संगठनका अध्यक्ष श्रवण कुमार नेपाली, उपाध्यक्ष मिना स्वर्णकार, सरला बिक, रामु नेपाली लगायतले मन्तव्य राखेका थिए ।