१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका महाेत्तरी
२०७६ भदौ १ आइतबार १७:१३:००
Read Time : < 1 मिनेट
समाचार

बोक्सी आरोपमा मलमूत्र खुवाइयो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका महाेत्तरी
२०७६ भदौ १ आइतबार १७:१३:००

महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका– ४ मा बोक्सीको आरोप लगाउँदै एक महिलालाई अन्य पाँच÷छ महिला मिलेर मानव मलमूत्र  खुवाएका छन् । महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार भङ्गाहा नपा–४ विर्ता गाउँ बस्ने ३५ वर्षीया महिलालाई सवितादेवी, पोशिला दनुवार, ईन्दुदेवी सिंह दनुवार, सुकेश्वरीदेवी र राजेश्री दनुवारलगायतले बोक्सीको आरोप लगाउँदै मलमूत्र खुवाएका थिए । 

सो घटनाबारे जानकारी पाउने बित्तिकै  प्रहरी टोली घटनास्थल पुग्दा उनको शरीरबाट दिशाको गन्ध आइरहेको पाइएकाले उद्धार गरी उपचारका लागि अस्तपताल पठाएको थियो । घटनामा संलग्न रहेकामध्ये सुकेश्वरीदेवी र राजेश्रीलाई प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लगेका छन् भने अन्य महिलाको खोजबिन भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए । रासस