मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ १ आइतबार १६:३४:००
Read Time : < 1 मिनेट
साहित्य

आकाश यात्रा लोकार्पण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ १ आइतबार १६:३४:००

क्याप्टेन दधिराम निरौलाको पुस्तक आकाश यात्रा बजारमा आएको छ । पुस्तकको लोकार्पण शताब्दी पुरुषस त्यमोहन जोशी, लेखक तथा क्याप्टेन डिआर निरौला, प्रकाशक घोस्ट राइटिङ,, नेपालका अध्यक्ष कमल ढकाल तथा क्याप्टेन भिके श्रेष्ठ, क्याप्टेन कोश कुमार थापा, क्याप्टेन विएन अमात्य, निरौला  पत्नी विना लगायतले गरेका छन् । 

कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले आकाश विधामा लेखेको यो पहिलो किताब आफूले पहिलो पटक विमोचन गरेको बताए । ‘नेपालमा आकाशको विधामा धेरै किताब नभएकोले यो आकाश यात्रा किताबले भोलिको पुस्तालाई एक दस्तावेज छाडेको छ ।’

क्याप्टेन कोश कुमार थापाले पाइलटको जीवनमा धेरै रमाइलो र रोमाञ्चक घटना हुने गरेको भन्दै यस पुस्तकमा लेखेकोले उक्त कुरा उललेख गरेको बताए । 

प्रकाशक र लेखनको संस्था घोस्ट राइटिङ नेपालले नेपालमा मानवजीवनको दस्तावेज बनाउन आफूहरुले सुरु गरेकोले पूर्खाको इतिहासले पुस्ता बदल्ने यो अभियानको पछिल्लो कडी यो पुस्तक भएको बताए । ‘जीवन एकपल्ट मात्र पृथ्वीमा आउने हुनाले आफ्नो जीवनको दस्तावेज बनाउनु जरुरी छ । त्यो काम दधिराम निरौलाले गर्नु भएकोमा खुशी लागेको छ  ।’

लेखक दधिराम निरौलाले एक मानवले भोगेको जीवन अर्को मानवको लागि प्रेरणा हुन्छ । तपाईँ किताब लेख्नुस् भन्ने पूर्व गभर्नर गणेश बहादुर थापाको भाइले प्रेरित गरेर र घोस्ट राइटिङ नेपालले करबल गरेर जीवनको पुस्तक बनाएको बताए ।