Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ भदौ १ आइतबार १६:२९:००
Read Time : < 1 मिनेट
प्रदेश

कर्णाली प्रदेशमा ‘हाम्मा कुडा मुख्यमन्त्रीसँग’  

Read Time : < 1 मिनेट
२०७६ भदौ १ आइतबार १६:२९:००

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कुनै पनि योजनामा अनियमिता भएको भए आफुलाई सिधा खबर गर्न आग्रह गरेका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले कालिकोटमा ‘हाम्मा कुडा मुख्यमन्त्रीसँग’ कार्यक्रमको शुभारम्भ गर्दै यस्तो बताएका हुन् । 

शुभाराम्भ कार्यक्रममा मुख्यमन्त्री शाहीले प्रदेशका कुनै पनि जिल्लामा सरकारी रकम दुरुपयोग भएको थाहा पाए यस अभियानमार्फत जानकारी गराउन गरे । ‘तपाईहरुले कुनै समस्या देख्नुभयो भने सिधै मलाई जानकारी दिनुहोस्,’ उनले भने, ‘कुनै पनि सरकारी योजनाको रकम दुरुपयोग भएको पाइएमा पनि खबर गर्नुहोस ।’

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकार समृद्धिको बाटोमा लम्केकाले कर्णाली प्रदेशमा नागरिकहरुको समस्या र जनताका सबै प्रकार समस्या बुझ्नका लागि मुख्यमन्त्रीसँग हाम्रा कुडा कार्यक्रम संचालनमा ल्याएको बताए । ‘हामी समृद्धिको बाटोमा लम्केका छौं,’ उनले भने, ‘समृद्धिको बाटोमा लम्केका कारणले सुशासन नभई समृद्धि आउँदैन । सुशासनका लागि नै हामीले यो कार्यक्रम संचालन गरेका छौं ।’

कार्यक्रममा स्थानीय राजनीतिक दल र स्थानीयहरुले देश विकासका लागि कर्णाली प्रदेश सरकारले नयाँ नयाँ योजना ल्याउन माग गरेका थिए । कर्णाली प्रदेश सरकारले जनताका समस्या बुझ्न ‘हाम्मा कुडा मुख्यमन्त्रीसँग’ कार्यक्रमको शुभाराम्भ गरेको हो । 

‘मुख्यमन्त्रीसँग हाम्रा कुडा’ का लागि पैसा नलाग्ने नम्बर पनि संचालनमा ल्याएको छ । १०९६ नम्बर मार्फत कर्णाली प्रदेशका सबै नागरिकले मुख्यमन्त्री समक्ष आफ्ना गुनासा तथा जिज्ञासा राख्न पाउने भएका छन् ।