१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ १ आइतबार १३:१४:००
Read Time : > 1 मिनेट
समाचार

लोकतन्त्र रक्षाका लागि सरकार मैदानमा उत्रन्छ : प्रधानमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ १ आइतबार १३:१४:००

प्रधानमन्त्री केपी शर्माले राजसंस्था उल्टाउने प्रयास नगर्न चेतावनी दिएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दे उनले राजसंस्थाको वकालत गर्नेहरुको सडकमा चलखेल बढेको भन्दै ज्यूँदै फालेको राजसंस्था उल्टाउने सपना नदेख्न चेतावनी दिएका हुन् । प्रतिगमनकारीहरुले सरकार अधिनायवाद तर्फ गयो भन्दै जनतामा अविश्वास, निरासा र भ्रम फैलाउने काम गरेको भन्दै उनले लोकतन्त्र रक्षाका लागि सरकार मैदानमा उत्रने बताए । 

उनले भने, 'ती शक्तिहरु जीउँदै हुँदा तीनलाई हामीले ठेगान लगाएका हौ । अहिले चिहानमा गएर हड्डी फुकेर त्यो संस्था फर्काउछु भन्ने कुराको पनि परिकल्पना गरेर उफ्रेको देखिन्छ । यो बेमौसमी बाजा नबजाए हुन्थ्यो ।'

उनले राजसंस्थावादीहरुलाई नहौसिन पनि चेतावनी दिए । उनले भने,  'अहिलेको सरकारको उदारता र सयंमतालाई हेरेर केही तत्वहरु बढ्तै हौसिएको देखिन्छ । सरकारको आलोचनाको नाममा प्रणाली उल्टाउँछु भन्ने , प्रतिगमन गर्छु भन्ने , संविधान अस्वीकार गर्छु भन्ने कुराहरु अहिलेको सरकारलाई मान्य हुन सक्दैन ।  म खुलस्त भन्न चाहन्छु  संविधान, लोकतन्त्र , गणतन्त्र, संघीयता र जनताको शासन विरोधीहरु नहौसिय हुन्छ ।'

केही प्रतिगामी तत्वहरु सडकमा आए भन्दैमा सरकार भाग्छ भन्ने दिवा सपना नदेख्न उनले सबैलाई सचेत गराए । ठुला ठुला चुनौतीको सामाना गरेर आएको पृष्ठभूमि वर्तमान सरकारको रहेको भन्दै उनले राजसंस्था उल्टाउँछु भनेर सडकमा नआउन चेतावनी दिए । 

उनले भने, 'मैले एक जनाले भनेको सुनें । प्रधानमन्त्री लगलग लगलग कामेका छन् । अब जाने भो भनेर । पद नगएको मैले दुनियाँमा कोही देखेको छैन । सबैको पद कुनै न कुनै दिन जान्छ । आगामी निर्वाचन पछि मलाई पनि बस्न मन छैन । त्यसकारण निर्वाचन सम्म धैर्य गर्न म साथीहरुलाई आग्रह गर्न चाहन्छु ।'

उनले सरकारको लोकतान्त्रिक अभ्यास र निष्ठामाथि अनावश्यक भ्रम फैलाउने प्रयास भएको टिप्पणी गरे । लोकतान्त्रिक विधिबाट जनताको अभिमत र विश्वासबाट वर्तमान सरकार बनेकाले जनताको हित विपरित कुनै पनि त्रुटी नगर्ने प्रतिवद्धता जनाए । 

उनले भने, 'जनताको अभिमतबाट वर्तमान सरकार बनेको छ । यो सरकार अचानक एउटा ह्वीममा, जनताको निरासामाथि टेकेर बनेको सरकार होइन । तात्कालिन सेन्टिमेण्टको एउटा भल छोपेर बनेको सरकार होइन । अरुले ल्याएर दिएको लोकतन्त्रमा होइन । लोकतन्त्र ल्याउन लडेको हो । कोही भन्दा कम त्याग तपस्या र बलिदानी गरेर यस पार्टीले त्यो समर्थन प्राप्त गरेको होइन । यस पार्टीले कुनै नीतिगत वा कुनै त्रुटी र गलत कामबाट जनताको आलोचना खेप्नुपर्ने अवस्था श्रृजना गरेको छैन । अधिनायकवाद तर्फ गयो भनेर जनतामा भ्रम फैलाउने प्रयास नगरे हुन्छ ।'

प्रधानमन्त्री ओलीले एक साता भित्र सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोगका पदाधिकारी नियुक्त गर्ने प्रतिवद्धता गरेका छन् ।