मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दिपेन्द्र गुरूङ काठमाडाैं
२०७६ भदौ १ आइतबार १२:४१:००
Read Time : < 1 मिनेट
खेलकुद

नेपाली धावक निमेशलाई चीनमा तेस्रो स्वर्ण

Read Time : < 1 मिनेट
दिपेन्द्र गुरूङ काठमाडाैं
२०७६ भदौ १ आइतबार १२:४१:००

सिंगापुर पुलिस फोर्समा कार्यरत नेपाली धावक निमेश गुरुङले चीनमा जारी वल्र्ड पुलिस फायर गेम्समा तेस्रो स्वर्ण पदक जितेका छन् । उनले आइतबार भएको १० हजार मिटर ट्रयाक एन्ड फिल्डमा स्वर्ण पदक जितेका हुन् । 

विश्वका आर्मी र पुलिस संगठनका धावकहरूले प्रतिस्पर्धा गर्ने वल्र्ड पुलिस फायर गेम्सको जारी संस्करणमा निमेशको यो तेस्रो स्वर्ण पदक हो । उनले जारी प्रतियोगितामा यसअघि हाफ म्याराथन (२१.५ किलोमिटर) र १० किलोमिटर क्रस कन्ट्रीमा पनि स्वर्ण पदक जितेका थिए । 

पहिलो पटक सहभागीता जनाएको १० हजार मिटर ट्रयाक एन्ड फिल्डमा पनि उनले स्वर्ण जितेका हुन् । उनले स्वर्णका लागि सहभागी ५५ देशका ५५ प्रतिस्पर्धीलाई पछि पारेका थिए । 

उनले निर्धारित दूरी ३१ मिनेट १७ सेकेन्डमा पूरा गरे । आयोजक चीनका नुफेङ दाई दोस्रो तथा भारतका गोभा राम दोस्रो भए । नुफेङले निर्धारित दूरी ३१ मिनेट ३५ सेकेन्डमामा पूरा गरेका थिए भने गोभा रामले ३२ मिनेट २१ सेकेन्डमा पूरा गरेका थिए । 

पछिल्लो झण्डै एक दशकदेखि सिंगापुर पुलिस फोर्सबाट नियमित अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउँदै आएका निमेशले अहिलेसम्म दर्जन बढी ठूला प्रतियोगिता जिती सकेका छन् । 
उनी पछिल्लो दुई संस्करणदेखि सिंगापुर पुलिस फोर्सको सिफारिसमा वल्र्ड पुलिस फायर गेम्समा सहभागी हुँदै आइरहेका छन् । सिंगापुर पुलिस फोर्सले सिफारिस गरेको भएपनि नेपाली पासपोर्टका कारण प्रतियोगितामा उनको देश नेपाल नै उल्लेख हुने गर्दछ । 
‘पहिलेबाटै देशका लागि खेल्ने इच्छा थियो । यद्यपि विशेष कारणले अहिलेसम्म त्यो अवसर मिलेको छैन’, निमेशले चीनबाट भने, ‘अवसर पाए अझै देशका लागि पनि खेल्ने योजना छ ।’