मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ १ आइतबार १२:०७:००
Read Time : < 1 मिनेट
नयाँCity

रोजाइमा ऐतिहासिक पुस्तक : दिनेश राउत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ १ आइतबार १२:०७:००

इतिहासका कुनै कालखण्ड बुझाउने किताब मेरो रोजाइमा पर्छन् । इतिहासलाई आधार बनाएर लेखिएका फिक्सन र ननफिक्सन पनि पढ्ने गर्छु । केही दिनअघि विवेक शाहको ‘मैले देखेको दरबार’ पढिसकेँ । राजा वीरेन्द्रको शासनकाल र शाहवंशको अन्त्यको चित्रण पाइन्छ, यस किताबमा ।

फिल्मको प्राविधिक काम बढी हुन्छ । त्यसैले निरन्तर पढ्न पाइँदैन । केही महिनाअघि दुर्गा सुवेदीको ‘विमान विद्रोह’ पढेँ । यस पुस्तकमा बीस र तीसको दशकका राजनीतिक घटनाक्रम र विमान अपहरणको चित्रण गरिएको छ । फिक्सनमा अमर न्यौपानेको ‘सेतो धरती’ले मेरो मन छोएको थियो । यस किताबले ममा फिल्म बनाउने ऊर्जा पनि दिएको थियो । यस कृतिमाथि फिल्म बनाउन सकेँ भने केही नयाँ काम गरेको अनुभूति हुनेछ । यस किताबले बालविवाह र महिलाको संवेदनालाई नजिकबाट बुझाउने कोसिस गरेको छ । त्यसैले यो मेरो प्रिय किताब हो ।