१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ १ आइतबार ११:५१:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

कुलतबाट छुटकारा पाउन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ १ आइतबार ११:५१:००

कुलतमा फसेका व्यक्तिले यसबाट छुटकारा पाउन सबैभन्दा पहिले आफ्नो समस्या पहिचान गर्नुपर्ने हुन्छ । धूम्रपान, मदिरासेवन तथा ड्रग्सका कारण व्यक्तिगत स्वास्थ्य तथा समाजमा असर परिरहेको छ भन्ने बुझेपछि मात्रै प्रयोगकर्ताले परिवर्तनका लागि निर्णय लिन सक्छन् । त्यस्तै, तनाव कत्तिको छ, जीवन कसरी चल्दै छ, स्वास्थ्यमा ड्रग्सको असर कति परेको छ, यी र यस्ता प्रश्न आफैँसँग गर्नुहोस् । आफ्ना लागि ड्रग्सभन्दा महत्वपूर्ण कुराहरू के–के छन्, जस्तो– परिवार, करिअर, तपाईंको स्वास्थ्य, तपाईंले माया गरेर घरमा पालेका जनावर, तपाईंकी श्रीमती वा गर्लफ्रेन्ड । यस्ता कुराको सूची तयार गर्नुहोस् । 

  • ड्रग्स प्रयोग गर्दा तपाईंको जीवनमा के भइरहेको छ र यसलाई त्याग गर्दा तपाईंलाई आर्थिक र सामाजिक रूपमा के कस्ता फाइदा हुन्छन् भनेर सोच्नुहोस् ।
  • तपाईंलाई ड्रग्स छाड्न के कुराले अवरोध गरिरहेको छ भनेर आफैँलाई प्रश्न गर्नुहोस् ।
  • यसअघि छाड्नका लागि के–कस्ता प्रयत्न गर्नुभएको थियो र कहिले सफल हुनुभयो वा किन असफल हुनुभयो भनेर सम्झनुहोस् । 
  • स्पष्ट लक्ष्य बनाउनुहोस् । जस्तो, कहिलेबाट छाड्न सुरु गर्नुहुन्छ वा कम गर्दै लैजानुहुन्छ । 
  • आफ्नो घर, कार्यालय वा आफू गइरहने स्थानबाट ड्रग्स वा त्यसको स्मरण गराउने वस्तु हटाउनुहोस् । यसलाई बिर्संदै जानुहोस् र अन्य कुरामा रमाउनुहोस् । 
  • आफ्नो परिवार र साथीलाई कुलत छाड्न लागेको विषय जानकारी गराउनुहोस् र उनीहरूलाई सहयोग गरिदिन आग्रह गर्नुहोस् । विश्वस्त व्यक्तिसँग आफ्ना अनुभव साट्नुहोस् । तपाईंको दुव्यर्सनीलाई उनीहरूले कसरी लिइरहेका छन् भनेर सोध्नुहोस् ।