१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
दुर्गेश थापा
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ १ आइतबार ११:०६:००
Read Time : < 1 मिनेट
नयाँCity

पुरुष मोडलको तिज डान्स

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ १ आइतबार ११:०६:००

हामी पनि नाच्नुपर्छ बीच–बीचमा’

यसपालिको तिजमा फरक गीत ल्याउन मन थियो । हरेक तिजमा महिला कलाकारको गीत र नृत्यले बजार तताउँछ । पछिल्ला वर्षमा भने केटा मोडलहरू पनि यसमा जोडिन आएका छन् । युवाको अपेक्षालाई मैले गीतमार्फत देखाउने सोचेँ ।

भिडियोमा ड्रमसेट, मादल र गितार राखेर आधुनिक र परम्परागत भिडियोको कन्सेप्ट तयार पारेँ । यो गीत विदेशमा बसेका मजस्तै युवाले पक्कै मन पराउनेछन् भन्ने लागेको थियो । मेलोडीलाई एरेन्ज गराएँ । शब्द लेखेकै थिइनँ । रेकर्डिङ गर्नुअघि शब्द लेखेँ अनि भिडियो सुट गरेँ । केही उटपट्याङ गर्न डराइनँ । खासै नचले पनि केही त चल्ला भन्ने सोचेर आँटेँ । स्वदेशमा त्यति नरुचाइए पनि विदेशमा बस्ने नेपालीले मन पराउलान् भन्ने ठानेर गीत युट्युबमा हालेँ । गीतले केही दिनमै पिकअप लियो । दर्शकबाट सकारात्मक सुझाब आए । अनि त हरेकले गुनगुनाउन थाले ।