मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७६ भदौ १ आइतबार ११:०२:००
Read Time : > 1 मिनेट
नयाँCity

अभिनय पनि मेरो प्रयोग हो : कालीप्रसाद बाँस्कोटा

Read Time : > 1 मिनेट
२०७६ भदौ १ आइतबार ११:०२:००

हालै ‘कबड्डी कबड्डी कबड्डी’ फिल्मको ‘टाइटल ट्र्याक’ रिलिज भयो, जसमा गायक÷संगीतकार कालीप्रसाद बाँस्कोटा गाउँघरतिर भेटिने डरपोक युवकको चरित्रमा देखिएका छन् । ‘पारि त्यो डाँडामा घाम लाग्यो घमाइलो’, ‘जहिल्यै रिसाउने माया जहिल्यै रिसाउने’जस्ता हिट गीत दिइसकेका उनीसँग पछिल्लो सिर्जनाको सेरोफेरोमा रहेर गरिएको संवाद :

‘कबड्डी कबड्डी कबड्डी’को ‘टाइटल ट्र्याक’ कस्तो गीत हो ?
म सधैँ नयाँ प्रयोग गर्न रुचाउँछु । यो गीतमा मैले गाउँको लोक मेलोडीमा र्‍याप मिसाएको छु । ग्याङफाइट हुँदा र्‍यापबाट प्रस्तुत गराएको छु । लोक मेलोडी पनि छ । बाजा पनि छन् । यो गीत फाइटको सिम्बोल हो ।

यस गीतमा आफैँले अभिनय गर्नुभएछ नि ?
अभिनय मेरो विधा होइन । यो फिल्मको ‘अफिसियल ट्र्याक’ बनाउने क्रममा संगीतकार बिजु कर्माचार्य र साथी अनुपम शर्माले मिलेर अभिनय गरौँ भन्नुभयो । नयाँ प्रयोग हुन्छ भन्ने लागेर अभिनय गरेँ ।

फिल्मको प्रवद्र्धनकै लागि अभिनय गरेजस्तो देखिन्छ नि ?
गायक र संगीतकारले पनि अभिनय गर्न सक्छन् । तर, फिल्मको विज्ञापनका लागि मात्र अभिनय गरेको होइन । केही न केही नयाँ गर्नुपर्छ भनेर गीतले मागेको चरित्रमा अभिनय गरेको हुँ ।

गीतको थिमले मागेको नै गाउँघरको डरपोक युवकको चरित्र हो । सोझासीधा मानिसलाई गफ दिने, लड्न ह्याउ राख्ने अनि लड्न सकेन भने भाग्ने । फिस्टे ज्यान भएका यस्ता पात्रहरू गाउँघरतिर भेटिन्छन् । 

तपाईंको भूमिका त डरपोक केटोको छ । यस्तो चरित्रमा अभिनय गर्न कसरी उत्साहित हुनुभयो ?
गाउँघरमा र्‍यापको आफ्नैखाले प्रभाव छ । गीतको थिमले मागेको नै गाउँघरको डरपोक युवकको चरित्र हो । सोझासीधा मानिसलाई गफ दिने, लड्न ह्याउ राख्ने अनि लड्न सकेन भने भाग्ने । फिस्टे ज्यान भएका यस्ता पात्रहरू गाउँघरतिर भेटिन्छन् । त्यस्तै प्रतिनिधि पात्रको भूमिका गरेको हुँ । मिश्रित खालको प्रतिक्रियाले मेरो कोसिसमा विश्वास बढेको छ ।

पाठकमाझ नयाँ–नयाँ मेलोडीका गीत पस्किनुहुन्छ । फरकखालका गीत तयार पार्न कति अभ्यास आवश्यक पर्दोरहेछ ?
यो गीतमा मैले लोक मेलोडी र र्‍यापलाई जोडेको छु । त्यसका लागि चलनचल्तीको र्‍याप गीत सुनेँ । गाउँघरमा तन्नेरीहरूले सुन्ने र्‍यापको अवस्था बुझेँ । निरन्तर अभ्यासविना सिर्जनशील हुन गाह्रै छ । ‘पारि त्यो डाँडामा’ र ‘माया जैले रिसाउने’ जस्ता गीत पनि मेरो निरन्तर अभ्यासका परिणाम हुन् ।

तपाईं आफ्ना गीतमा प्रयोग गर्न रुचाउनुहुन्छ । कसैको गीतसँग नमिलोस् भन्नेमा कति सचेत हुनुहुन्छ ?
आफूले सिर्जना गर्नुअघि लोकगीतको ‘इन्स्ट्रुमेन्ट’ सुन्छु । आफ्नो गीतको कम्पोज गर्दा बढी ध्यान नयाँ–नयाँ मेलोडीमै जान्छ । एक लाइन पनि नमिलोस् भन्ने कुरालाई ध्यानमा राख्छु । किनकि, एक लाइन मात्र मिल्दा पनि पूरै गीत चोर्‍यो भन्छन् । सामाजिक सञ्जालमा खैरो खनिन्छ । त्यसैले यसमा मापदण्ड तयार भए हुन्थ्यो ।