Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ भदौ १ आइतबार १०:५०:००
Read Time : < 1 मिनेट
अर्थ

पाइपलाइनबाट इन्धन ल्याउने अन्तिम तयारी 

Read Time : < 1 मिनेट
२०७६ भदौ १ आइतबार १०:५०:००

नेपाल आयल निगमको अमलेखगन्जस्थित २ नम्बर प्रादेशिक कार्यालय देशकै सबैभन्दा ठूलो इन्धन भण्डारण डिपो । देशभर ५२ हजार किलोलिटर इन्धन भर्ने क्षमतामध्ये यहाँ सबैभन्दा बढी २३,२५० किलोलिटर इन्धन अटाउने ट्यांकी छन् । भारतबाट पाइपलाइनमार्फत ल्याइने इन्धनको पनि यही गन्तव्य बिन्दु हो ।

त्यसका लागि अन्तिम तयारी भइसकेको छ । डिपो प्रमुख प्रदीप यादवका अनुसार यहाँ पेट्रोल १ हजार ९ सय २३ किलोलिटर, डिजेल १९ हजार ८ सय किलोलिटर र मट्टीतेल १ हजार ५ सय किलोलिटर भण्डारण गर्न सकिन्छ । हालै यहाँका साना डिपोलाई परिवर्तन गरेर ठूलो ट्यांकी बनाइएको छ ।

तस्बिर : विनोद विष्ट/नयाँ पत्रिका