मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ३२ शनिबार २१:२२:००
Read Time : < 1 मिनेट
विश्व

होटलमा आगलागी हुँदा नौको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ३२ शनिबार २१:२२:००

होटलमा भएको आगलागीमा परी युक्रेनको बन्दरगाह शहर ओडेसामा शनिबार नौ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार दिउँसो साढे १ बजे दक्षिणी शहरमा रहेको टोकियो स्टार होटलमा आगलागी भएको थियो । 

प्रहरीले प्रारम्भिक विवरणअनुसार घटनस्थलमा कम्तीमा आठ जनाको मृत्यु भएको जनाएको थियो । तर, पछि मृत्यु हुनेको सङ्ख्या बढेर नौ पुगेको प्रहरी अधिकारीहरुको भनाइ छ । घटनामा परी अरु १० भन्दा बढी घाइते भएका छन् ।

घाइतेलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ । आगलागी भएको झण्डै तीन घण्टापछि आगो निभाएर सकिएको थियो । आगो निभाउनका लागि ६५ जना अग्निनियन्त्रक र १३ आपतकालीन सवारीसाधन खटिएका थिए ।

प्रहरीले घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको र दोषीलाई कारवाही हुने जनाएको छ । उनीहरुले आगलागीको कारण र होटलमा अग्नी सुरक्षाका लागि के–कस्ता व्यवस्था गरिएको थियो कि थिएन भन्नेलगायतका विषयमा छानबिन गर्ने भएका छन् । रासस