Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
रासस चीन
२०७६ श्रावण ३२ शनिबार १५:२८:००
Read Time : < 1 मिनेट
विश्व

चीनमा डुंगा डुब्दा सातको मृत्यु

Read Time : < 1 मिनेट
रासस चीन
२०७६ श्रावण ३२ शनिबार १५:२८:००

चीनको पूर्वी भागमा पर्ने शानडोङ प्रान्तमा डुंगा दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । अन्य दुई वेपत्ता भएका स्थानीय तटीय उद्वार अधिकारीहरुले जानकारी दिएका छन् । 

स्थानीय समयाअनुसार शुक्रबार करिब ६ बजे अपराह्न सो घटना भएको थियो । उत्तर भागमा पर्ने हेबेई प्रान्ततर्फ गईरहको सो डुंगा बन्दरगाह शहर रिझाओनजिकै उच्च वेगमा आएको हावाको कारण पल्टिएको अधिकारीले बताएका छन् । 

डुंगा दुर्घटनामा परेका सात जनाको शव शनिबार परेको र वेपत्ता व्यक्तिहरुको खोजी भइरहेको जनाइएको छ । ५० मिटर प्रति सेकेण्ड हवा चलेको बेला डुंगा दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।