१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ३१ शुक्रबार २०:१९:००
Read Time : < 1 मिनेट
खेलकुद

भारतीय पूर्व क्रिकेट खेलाडीले गरे आत्महत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ३१ शुक्रबार २०:१९:००

भारतीय पूर्व प्रसिद्ध क्रिकेट खेलाडी भिबी चन्द्रशेखरले ऋणको चिन्ताका कारण आत्महत्या गरेका आशङ्का गरिएको भारतीय प्रहरीले शुक्रबार बताएको छ । “सन्ताउन्न वर्षीय चन्द्रशेखरलाई उनको परिवारले दक्षिणी शहर चेन्नईमा बिहीबार साँझ मृत अवस्थामा भेटेका प्रहरीलाई जानकारी दिइएको छ,” अनुसन्धानमा सम्लग्न प्रहरी अधिकारी सेन्थिल मुरूगानले बताए । 

मोरूगनले भने, “हामीले घटनालाई अप्राकृतिक मृत्युका रूपमा दर्ता गरेका छौँ । हाम्रो प्रारम्भिक अनुसन्धानबाट भारतीय क्रिकेटका पूर्व खेलाडीले आर्थिक सङ्कटको समस्याका कारण मृत्यु रोज्दै आत्महत्या गरेको भन्ने बुझिएको छ । उहाँको शवको परीक्षणपछि थप विवरण आउनेछ ।” 

सन् १९८० देखि दशकभर राष्ट्रिय क्रिकेटमा पहिलो रोजाइका व्याट्सम्यान चन्द्रशेखरले विभिन्न एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा सात पटक खेलेका उनको नेतृत्वमा तामिलनाडुले सन् १९८७ को रन्जी पदक जितेको थियो । भारतीय क्रिकेट खेलाडी सचिन तेन्दुलकरले ट्वीटरमार्फत् शोक सन्देश व्यक्त गर्दै भने, “चन्द्रशेखरको मृत्युको खबरले मलाई स्तब्ध बनाएको छ । यस समय उहाँसँगको न्यानो स्मृतिलाई मैले सम्झिनुको विकल्प रहेन । मृतकको परिवारजनप्रति समवेदना प्रकट गर्दछु ।' एजेन्सी