१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ श्रावण ३१ शुक्रबार ११:५७:००
Read Time : < 1 मिनेट
नयाँCity

कञ्चनजंघादेखि खप्तडसम्म पुग्न मन छ : रञ्जु दर्शना

गन्तव्य

Read Time : < 1 मिनेट
२०७६ श्रावण ३१ शुक्रबार ११:५७:००

मैले नेपाल त्यति घुमेकी छैन । तीन/चार ठाउँमा पुग्न निकै आतुर छु । मेरो पहिलो रोजाइमा छन्– सुदूरपश्चिमका गाउँ र खप्तड क्षेत्र । त्यहाँका भुइँमान्छेको जीवनशैली र संस्कृति बुझ्न मन छ । ती क्षेत्रमा जीवनयापनका क्रममा गर्नुपर्ने संघर्षलाई नजिकबाट महसुस गर्न मन छ ।

मेरो रोजाइका अन्य गन्तव्य हुन्– कञ्चनजंघा र मनाङ, मुस्ताङ । ती गन्तव्यमा हाइकिङ गर्न मन छ । लामो छुट्टीमा ती ठाउँमा निर्धक्क घुम्न मन छ । हिमाली बस्तीमा अर्गानिक भोजन गर्दै हिँड्न र नयाँ साथी बनाउँदै हिमाली बस्तीका वेषभूषालाई नजिकबाट नियाल्न मन छ । हिमाली भेगका गोरेटोमा थकाइ लागुन्जेल हिँडिरहन मन छ ।

गत वर्ष सोलुखुम्बुको दूधकुण्ड पुगेकी थिएँ । त्यहाँ प्रकृतिको सौन्दर्यपान गर्न पाएँ । तराईका फाँट पुग्दा मानिसको जीवनयापनका संघर्ष नजिकबाट नियालेकी छु ।
नेता र कलाकारले आफू पुगेको गन्तव्यका विषयमा सामाजिक सञ्जालमा चर्चा गरिदिँदा आन्तरिक र बाह्य पर्यटकले जानकारी पाउँछन् । सम्बन्धित गन्तव्यमा पुग्न सडक, होटेल र सवारीसाधन सहज भएको पनि चर्चा हुन आवश्यक छ ।