१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ श्रावण ३१ शुक्रबार १०:२४:००
Read Time : > 1 मिनेट
खेलकुद

अझै बनेन रंगशालाको डिजाइन

शिलान्यासको पाँच महिना बित्दा पनि १३औँ साग हुने पोखरा रंगशालाको निर्माण अलपत्र

Read Time : > 1 मिनेट
२०७६ श्रावण ३१ शुक्रबार १०:२४:००

१३औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत पोखरा रंगशाला पनि मुख्य आयोजनास्थलकै रूपमा रहेको छ । तर, यो रंगशालाको निर्माण कार्य सुरु भएको पाँच महिना बित्दा पनि यसको डिजाइन अझै बनेको छैन । खेलकुदमन्त्री जगत सुनारले ६ साउनमा रंगशालाको निरीक्षण गर्दा १० दिनभित्र डिजाइन बन्ने विश्वास दिलाएका थिए । मन्त्री सुनारले आश्वासन दिएको २४ दिन बितिसकेको छ । अहिलेसम्म पनि डिजाइनको खाका नै कोरिएको छैन । केवल मैदान सम्याउने र मैदानवरिपरि पानी फाल्ने ड्रेन निर्माणबाहेक अन्य केही काम भएको छैन ।

मन्त्रीले नै गरेका थिए शिलान्यास
गत वर्ष २५ फागुनमा मन्त्री सुनारले नै १३औँ सागअघि नै पोखरा रंगशालाको निर्माण पूरा हुने बताउँदै शिलान्यास गरेका थिए । शिलान्याससँगै भारतको ग्रेट स्पोर्टस् इन्फ्रा प्रालि र नेपालको एमए कन्स्ट्रक्सन प्रालि (जेभी) काठमाडौंले काम सुरु गरे । मन्त्रीले शिलान्यासको समयमा पोखरा रंगशाला सागमा प्रयोग हुने बताएका थिए । यता नक्सा नै नबन्दा फिफाले तोकेको मापदण्डअनुसार एक सय दुई मिटर लम्बाइ र ६४ मिटर चौडाइको रंगशाला निर्माणमा समस्या आइरहेको छ । अहिले २० हजार दर्शक क्षमताको रंगशाला बन्ने तयारी छ । 

ठेकेदार भन्छन्– डिजाइनको कुरा नगर्नुस् 
निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर हरिबाबु न्यौपानेले डिजाइनका सम्बन्धमा प्रश्न नसोध्न आग्रह गरे । ‘डिजाइनको कुरा मसँग नगर्नुस्,’ न्यौपानेले भने, ‘यहाँ क्रिकेट रंगशाला बन्ने कुरा छ, सुरक्षालगायत धेरै कुरा आउन सक्छ ।’ सागका लागि जसरी पनि रंगशाला तयार गर्नुपर्ने भएकाले काम आफूअनुरूप भइरहेको उनले बताए । ‘हामीलाई साग खेल पोखरा रंगशालामा जसरी पनि गर्नु छ, त्यसैले सागलाई लक्षित गरेर काम भइरहेको छ,’ न्यौपानेले भने, ‘दर्शक र भिआइपीका आठ हजार कुर्सी मात्र फिट गर्ने गरी तयारी भइरहेको छ ।’

१० नोभेम्बरमा सामान आउने 
प्रोजेक्ट म्यानेजर न्यौपानेले रंगशालामा राख्ने सिट १० नोभेम्बरसम्म फान्सबाट आइपुग्ने र त्यसको एक सातामा जडान गरिसक्ने जानकारी दिए । रंगशालामा २७ हजार सिट रहने गरी डिजाइन तयार भएको उनको भनाइ छ । ‘स्प्रिङगुलर सिस्टमबाट हुने भएकाले धेरै समय लाग्दैन,’ उनले भने, हरियो दुबोलगायत अन्य केही सामान भारतबाट आउनेक्रम जारी छ ।’