मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शान्ता कमली
२०७५ पौष १ आइतबार ०८:५४:००
Read Time : > 2 मिनेट
अर्थ

अलैंचीको मुल्यमा अन्योलता देखिंदा किसान चिन्तित

Read Time : > 2 मिनेट
शान्ता कमली
२०७५ पौष १ आइतबार ०८:५४:००

लमजुङ र झापाका अलैची कृषक व्यापारीबीच अन्तरक्रिया

अलैंचीको मुल्यमा अन्योलता देखिंदा किसान चिन्तित भएका छन् । लमजुङ र झापाका अलैंची कृषक व्यापारीबीच झापाको विर्तामोडमा भएको अन्तरक्रिया कार्यक्रममा यस्तो चिन्ता व्यक्त गरिएकाे हो । शनिबार झापाका अलैंचीकृषक, व्यवसायी र कृषि प्राविधिकबीच झापाको विर्तामोडमा अलैंचीखेती र व्यवसायका बारेमा अन्तरक्रिया भएको हो । 

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरक्रिया प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैंची जोन लमजुङको वार्षिक कार्यक्रम अन्तर्गत अलैंचीका विविध पक्षको अध्ययन भ्रमणका क्रममा अन्तरक्रिया गरिएको हो । 

अलैैंचीखेती र व्यवसायमा अनियमित रुपमा भईरहेको मूल्यको उतारचढाव, उत्पादन परिमाण, वालीको गुणस्तरीयता जस्ता विषयमा सरोकारावालाबीच झापामा अन्तरक्रिया भएको हो ।

कार्यक्रममा सहभागीहरुले पछिल्लो समय अलैंचीको भाउ घट्दै गएको र भविष्यमा पनि बजारको स्थायित्व र मुल्य बृद्धिमा अन्यौलता देखिएको भन्दै चिन्ता व्यक्त गरे । अलैंचीको मुल्य उत्पादन गर्न क्षेत्र विस्तार हुँदै गएपनि गुणस्तर र ठुलो परिमाणमा उत्पादन हुन नसक्दा बजार कव्जा गर्न नसकिएको महासंघका संस्थापक अध्यक्ष राजेन्द्र घिमिरेले बताए। 

नेपालको उत्पादन हिमाली हावापानीमा उत्पादन भएको हो, यहाँ उत्पादित अलैंची मसला मात्रै नभई आयुर्वेदिक औषधी पनि हो भन्ने सन्देश सहितको ‘ब्राण्डिङ’ गर्न नसकेकै कारण नेपालको अलैंचीको बजार पछि पर्दै गएको उनले बताए । ‘हामीले निश्चित योजना बनाएर अलैंचीले देशको आर्थिक अवस्था सुधार गर्न सक्छ भन्ने विश्वासका साथ अघिबढ्न सकेनौं,’ घिमिरेले भने, ‘यसलाई सरकारले समेत सकरात्मक ढंगले लिन सकेको छैन, त्यसैले पनि बजार सुधार हुनै सकेन ।’ 

स्तरीय उत्पादन, ग्रेडिङ, भण्डारण देखि बजारीकरणसम्मका प्रकृयालाई थप व्यवस्थित बनाउन सकियो भने मात्रै पुर्वदेखि पश्चिमी पहाडसम्मका मुहार फेरिने उनको भनाई छ ।  

देशका विभिन्न जिल्लाबाट अलैंची विर्तामोडमा संकलन हुँदै गरेको तर उचित मुल्य पाउन नसक्दा बिक्री गर्न नसिकएको विर्तामोडका महासंघका पदाधिकारी एवं निर्यातकर्ताहरुले बताए । भारतमा ‘टिडिएस’ सिष्टम लागु भएको, विगतमा निश्चित दरका भारतीय नोटको प्रयोगमा बन्देज लगाईएकाले अलैंची व्यापारमा गिरावट आएको पनि कार्यक्रममा चर्चा गरियो । 

भारतीय बजारमा नेपालको अलैंची र अन्यत्रबाट आयतित् कम गुणस्तरका अलैंची मिसावट गरेर सस्तो मुल्यमा बिक्री गर्ने प्रवृत्ति देखिएकाले बजार संकटमा परेको पनि निर्यातकर्ताहरुले व्यवसायी र कृषकलाई जानकारी गराए । 

अलैैंचीको बजार माथि उठ्ने नउठ्ने सवालमा निर्धारण गर्नै नसकिने अवस्था रहेको महासंघका केन्द्रिय अध्यक्ष निर्मल भट्टराईले बताए । ‘विगतमा विभिन्न हल्ला र भ्रम फैलाएर हाम्रो अलैंचीको भाउ घटाउने र बजारमा नबिक्नेसम्मको अवस्था बन्यो,’ उनले भने, ‘अझैपनि मुल्य बढ्छ भन्नै नसक्ने अवस्था छ ।’ अलैंचीको व्यापार नीति निर्माण गरेर लागु हुन नसक्दा अहिलेको अवस्थाको सामाना गर्नु परेको उनको भनाई छ ।

सोही अवसरमा महासंघ लमजुङका अध्यक्ष अजय तामाङले अलैंचीको बजार खस्किएको र विभिन्न प्राविधिक समस्याका कारण कृषकहरुबाट आलोचना खेप्नु परेको बताए । उनीहरुले भाउ नपाएको भन्दै प्रशासन कार्यालय देखि अलैंची जोनको कार्यालय घेराउ गर्ने जस्ता गतिविधि गरेकाले व्यवसायीले सास्ती भोग्नु परेकाले आफुहरु दुःखी भएको उनको भनाई छ । 

कृषकले उचित मुल्य नपाउँदा विचौलियाको आरोप व्यवसायी माथि लागेको र वास्तवमा उत्पादक कृषक र व्यवसायी दुवै पक्ष मर्कामा परेको अनुभव पनि उनले सुनाए । ‘विगतमा धेरै मुल्यबाट एक्कासी मुल्य घट्यो, २२/२५ सयदेखि ६/७ सय रुपैयाँमा आईपुग्यो’ तामाङले भने, ‘तर कृषकहरुलाई किन मुल्य घट्यो, अलैैैची किन बिक्री भएन भन्नेजस्ता विषयको जानकारी पाएनन् र उनीहरु दुःखी भए ।’ स्तरीय उत्पादन गर्न सकेमा भविष्यमा राम्रो मुल्य पाईनेमा आफुले कृषकहरुलाई आश्वस्त बनाउँदै आएको उनी बताउँछन् ।


सोही क्रममा जिल्लाबाट झापा पुगेका अलैंचीकृषक, व्यवसायी र कृषि प्राविधिकहरुले विर्तामोडस्थित ठुला निर्यात्कर्ताहरु निर्मल भट्टराई, ओम विमली, भरत चौधरी लगायतका अलैंची गोदामको अवलोकन पनि गरेका छन् । 

सो समुहले पुर्वीभेगका ईलाम, पाँचथर, ताप्लेजुङ हुँदै दार्जिलिङ, सिलिगुढी, सिक्किम लगायतका भारतीय बजारको अलैंची खेती र बजारको अवस्था बारे अध्ययन गर्ने महासंघका जिल्ला सचिव ईश्वर गुरुङले बताए ।