१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ श्रावण ३० बिहीबार ०८:१२:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यी हुन् ढाड दुखाइका कारण र उपचार

Read Time : > 1 मिनेट
२०७६ श्रावण ३० बिहीबार ०८:१२:००

मेरुदण्डको हड्डी, मेरुदण्ड अर्थात् मुख्य नसा, स्पाइनल नर्भ, डिस्क, लिगामेन्ट र मांसपेशी गरी विभिन्न हड्डीले ढाड बनेको हुन्छ । त्यसैले, मेरुदण्डको कुनै पनि भागमा हुने दुखाइलाई ढाड दुख्नु भनिन्छ । ढाड दुख्नु साझा समस्या हो । प्रत्येक व्यक्तिमा जीवनभरमा एक न एकचोटि ढाड दुख्ने समस्या हुने गर्छ । दुखाइ मेरुदण्डमा जहाँ पनि हुन सक्छ । तर, मुख्यतया मेरुदण्डको तल्लो भागमा बढी समस्या देखिन्छ  । 

ढाड दुख्ने समस्यालाई मुख्यतया दुई किसिममा विभाजन गरिएको छ, मेकानिकल ब्याकपेन र पोस्चुगल ब्याकपेन । ढाड दुख्नुको मुख्य कारण गलत तरिकाले काम गर्नु वा बस्नु नै हो । शरीरको पोस्चर नमिल्दा मांसपेशी खुम्चिएर बस्ने गर्छ, जसले गर्दा दुखाइ हुने गर्छ । मेरुदण्डको समस्या लिएर अस्पताल आउनेमध्ये करिब ७० प्रतिशतमा मेकानिकल ब्याकपेनको समस्या हुने गरेको पाइन्छ ।

कुर्सीमा बसेर लामो समयसम्म काम गर्नेलाई ढाड दुख्ने समस्या धेरै हुन्छ । एउटै पोजिसनमा बस्दा पछाडिको मांसपेशी एकदमै थाकेको हुन्छ । अप्ठ्यारो गरेर बस्दा मांसपेशी दुखेर ढाडमा समस्या आउने गर्छ, जुन पोस्चुगल ब्याकपेन हो ।

कारण

  •   विभिन्न चोटपटकबाट मेरुदण्ड भाँच्चिनु, मेरुदण्ड चिरिनु, नसा च्यापिनु, जोर्नीमा जन्मजात समस्या हुनु आदि विभिन्न कारणले ढाड दुख्ने गर्छ । 
  •  चोटपटक लाग्दा, बसाइ नमिलेर आदि विभिन्न कारणले हड्डीहरूको बीचमा रहेको डिस्क बाहिर आउने गर्छ । पछाडिको भागमा गएर नसा च्यापिने अवस्थालाई सियापिका भनिन्छ । 
  •  मेरुदण्डमा हुने विभिन्न संक्रमणका कारणसमेत मेरदण्डमा दुखाइ हुने गर्छ । संक्रमण ब्याक्टेरियल, टिबी आदिका कारणले हुन्छ । जसले बिस्तारै हड्डीभित्र रहेको डिस्कलाई खियाउने हुँदा दुखाइ हुने गर्छ ।
  •  ढाड दुखाइको अर्को मुख्य कारण ट्युमर र क्यान्सर हो । शरीरको अन्य भागमा भएको क्यान्सर मेरुदण्डमा गएर बसिदिन्छ । यस्तै, कतिपय अवस्थामा मेरुदण्डमै ट्युमर हुन सक्छ, जसलाई माइलोमा भनिन्छ । 

शरीरको पोस्चर नमिल्दा मांसपेशी खुम्चिएर बस्ने गर्छ, जसले गर्दा दुखाइ हुने गर्छ । मेरुदण्डको समस्या लिएर अस्पताल आउनेमध्ये करिब ७० प्रतिशतमा मेकानिकल ब्याकपेनको समस्या हुने गरेको पाइन्छ ।

कसरी थाहा पाउने ?

  •  ढाड दुखाइको कारण पत्ता लगाउन सामान्य चेकजाँच गर्न सकिन्छ । 
  •  एक्सरेको माध्यमबाट ढाड दुख्ने कारण पत्ता लगाउन सकिन्छ । यस्तै, कतिपयमा डिस्कको अवस्था थाहा पाउन सिटी स्क्यान र एमआरआई पनि गर्न सकिन्छ । 
  •  कतिपय अवस्थामा रगतमा क्याल्सियम र पोटासियमको कमीका कारणसमेत दुखाइ हुने हुँदा रगत परीक्षण गर्नुपर्ने हुन्छ । 

उपचार

  •  ढाड दुख्ने समस्याको कारण पत्ता लगाएर उपचार गर्न सकिन्छ । सामान्य दुखाइ भएमा औषधिको सेवनबाट निको हुन्छ ।
  •  फिजियोथेरापी गरेरसमेत ढाड दुख्ने समस्याबाट राहत पाउन सकिन्छ । 
  •  संक्रमण, ट्युमर र क्यान्सरको उपचार केही हदसम्म शल्यक्रियाबाट निको हुन्छ । तर, मेरुदण्डमा देखिने सबै ट्युमर र क्यान्सरको पूर्ण उपचार भने हुँदैन ।