मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ श्रावण ३० बिहीबार ०६:५१:००
Read Time : < 1 मिनेट
समाचार

बजेट समयमै ल्याउन स्थानीय तहमा स्वयंसेवक खटाइँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ श्रावण ३० बिहीबार ०६:५१:००

नेपाल नगरपालिका संघले आगामी वर्ष समयमै बजेट ल्याउन तीनवटा प्रदेशमा स्वयंसेवक खटाउने भएको छ । प्रदेश २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा स्वयंसेवक खटाउन संघले युएनडिपीसँग सम्झौता गर्ने भएको छ । ती स्वयंसेवकले प्रदेशका स्थानीय तहले बजेटबारे छलफल गर्नेछन् । त्यसपछि आवश्यक क्षेत्र हेरेर स्थानीय तहलाई संघले सहयोग गर्नेछ । 

समयमा बजेट नल्याउने स्थानीय तहलाई प्रेरित गर्न स्वयंसेवक खटाउने तयारी गरिएको संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले बताए । 

 १८ नगरपालिकाले  अझै बजेट ल्याएनन्
१८ वटा नगरपालिकाले अझै पनि बजेट ल्याउन सकेका छैनन् । संवैधानिक व्यवस्थाअनुसार असार १० गतेभित्र सबै स्थानीय तहले बजेट पेस गर्नुपर्ने भए पनि त्यो मितिसम्ममा ५६ वटा मात्र नगरपालिकाले मात्र बजेट ल्याएका थिए । 

नेपालमा दुई सय ७६ नगरपालिका, ११ वटा उपमहानगरपालिका र ६ महानगर गरी दुई सय ९३ वटा नगर छन् । गाउँपालिकातर्फ भने सबै चार सय ६० वटैले बजेट ल्याइसकेका छन् । कार्यकारी निर्देशक देवकोटाकाअनुसार नगरपालिकाले दसैँअगाडिसम्म बजेट ल्याए संघले पास हुने वातावरण बनाउनेछ ।