१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
भेरी नदीको उच्च जोखिममा रहेको आठबीसकोट नगरपालिका–६ को मन्काबगर । तस्बिर : नयाँ पत्रिका
२०७६ श्रावण ३० बिहीबार ०६:४६:००
Read Time : < 1 मिनेट
समाचार

ठूलीभेरीले बगायो ६ घर

Read Time : < 1 मिनेट
२०७६ श्रावण ३० बिहीबार ०६:४६:००

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ६ मन्काबगरका ६ वटा घर ठूलीभेरी नदीले बगाएको छ । नदीले कटान गर्दा कालीबहादुर बोहरा, वीरबहादुर बोहरा, गोर्खबहादुर बोहरा, जुनबहादुर बोहरा, दीपक बोहरा र नन्दराम बोहराको घर बगेका छन् । यससँगै ठूलीभेरीले यो वर्ष मन्काबगरका नौ घर बगाइसकेको छ । 

यसअघि पत्रे बोहरा, भीमबहादुर बोहरा र विष्णुकुमारी बुढाको घर नदीले बगाएको थियो । नदीले गाउँ कटान गर्न थालेपछि ती घर खाली गरिएको थियो । जसका कारण धनजनको क्षति हुन नपाएको आठबीसकोट नगरपालिका–६ का वडाध्यक्ष डिल्लीबहादुर चनेलले जानकारी दिए । 

अझै एक दर्जनभन्दा बढी घर नदी कटानको उच्च जोखिममा रहेको उनको भनाइ छ । ती घर पनि खाली गरिसकिएको उनले बताए । घर बगेका तथा जोखिममा रहेका परिवार अहिले आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन् । केही परिवार भने गोठमा बसिरहेका छन् । 

जाजरकोट–डोल्पा सडक निर्माणका क्रममा झरेको माटो, ढुंगा, काठलगायतले बहाब रोकेपछि नदीले धार परिवर्तन गरेको थियो । त्यसपछि बस्तीतिर कटान सुरु भएको थियो ।