मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ श्रावण २९ बुधबार १८:१०:००
Read Time : > 1 मिनेट
समाचार

क्षमताले भ्याएको दिन भारतले नेपाललाई सिक्किम बनाइदिन्छ : प्रदीप गिरी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ श्रावण २९ बुधबार १८:१०:००

कांग्रेसका सांसद प्रदीप गिरीले भारतले सकेको दिन ‘नेपाललाई सिक्किम बनाईदिने’ चेतावनी दिएका छन् । ससंदको अन्तर्राष्ट्रिय समितिको बैठकमा बुधबार गिरीले भारतले आफ्नो क्षमताले भ्याउने हो भने नेपाललाई सिक्किम बनाइदिने अभिव्यक्ति दिएका हुन् । 

नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई इंगित गर्दै उनले नेपाल–भारत सिमानामा काँडेतार लगाउने र सुरुङ युद्ध गर्ने उद्घोष गर्ने नेताहरु नै अहिले सत्तामा रहेको र भारतका गतिविधिमा टाउको हल्लाउने मात्रै काम गरेको टिप्पणी गरे । उनले बोलेर मात्रै कुटनीतिक समस्या समाधान नहुने तर्फ सचेत बनि समयमै कुटनीतिक सक्षमता देखाउन सरकारको ध्यानाकर्षण गराए । नेपालको कमजोर कुटनीति जारी रहे सकेको दिन भारतले नेपाललाई सिक्किम बनाउने तथ्यपुर्ण यथार्थलाई समयमै आत्मसात गरि पहलकदमी गर्न उनले आग्रह गरे ।

‘विपक्षमा रहेका बेला त्यस्तो माग उठाउनु हुँदैन जुन सत्तामा पुग्दा कार्यान्वयन गर्न नसकियोस,’ उनले भने, ‘कुटनीति भनेको चुनाव लड्दा गर्ने भाषण होइन । सबै भन्दा ठूलो विफलता कुटनीतिक विफलता हो । हिन्दुस्तानले सकेदेखि नेपाललाई सिक्किम बनाउँछ । भुटान बनाउँछ, तथ्य हो यो ।’

सत्तारुढ नेकपाका सांसद भीम रावलले नेपालको ठूलो भू–भाग भारतको अतिक्रमणमा परेको भन्दै समयमै कुटनीतिक पहल गर्न परराष्ट्र र गृहमन्त्रालयको ध्यानाकर्षण गराए । विशेषज्ञहरुका अनुसार नेपालको ६ सय ६ वर्ग किलोमिटर भू–भाग अतिक्रमणमा परेको, ७१ स्थानमा सिमा विवाद देखिएको, दशगजाका विभिन्न स्थानमा भारतबाट अतिक्रमण भइरहेको उनले दाबी गरे । त्यसैगरी सडक बनाउने नाममा अघोषित तटबन्ध निर्माण गरेर पानीको प्राकृतिक वहाव रोक्ने संरचना बनाएकाले तराई क्षेत्र डुबानमा परेको उनले बताए ।

नेपाल भारत सिमाविवाद, अतिक्रमण तथा  डुबानलगायत समस्या बारेको छलफलमा समिति सदस्यहरुले तत्काल कुटनीतिक पहल गरि समस्याको दीर्घकालिन समाधान खोज्न सरकार र सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका थिए ।