Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ श्रावण २९ बुधबार ११:३०:००
Read Time : < 1 मिनेट
साहित्य

करसम्बन्धी सम्पूर्ण जानकारी एउटै पुस्तकमा

Read Time : < 1 मिनेट
२०७६ श्रावण २९ बुधबार ११:३०:००

आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र भन्सार ऐनलगायत आर्थिक ऐनका महत्वपूर्ण ऐन समेटेर सिए शेषमणि दाहालद्वारा लिखित ‘द पर्पल बुक अफ ट्याक्स’को दोस्रो संस्करण बजारमा आएको छ । यस पुस्तकमा बजेटमार्फत सरकाले ल्याएको आर्थिक ऐन, २०७६ ले संशोधन गरेको सम्पूर्ण प्रावधानसमेत समेटिएको छ । पुस्तकमा आयकर ऐन र मूल्य अभिवृद्धि कर नेपाली तथा अंग्रेजी भाषामा प्रस्तुत गरिएको छ । 

त्यस्तै, भन्सार र अन्तःशुल्कका व्यवस्थालाई सरल भाषामा सबैले बुझ्ने गरी संक्षिप्त रूपमा प्रस्तुत गरिएको छ । आन्तरिक राजस्व विभागले जारी गर्ने निर्देशिकामा रहेका विशेष कानुनी व्याख्यासमेत यो पुस्तकमा समेटिएकाले पाठकलाई पढ्न र बुझ्न सरल हुने विश्वास लेखक दाहालको छ ।

यो पुस्तक गत वर्षको कर सम्बन्धित पुस्तकमध्ये ‘बेस्ट सेलिङ बुक’ भएको थियो । पुस्तक ‘किताब यात्राडटकम’मार्फत पाठककै ठेगानामा डेलिभरी हुने सुविधा छ । साथै उपत्यका तथा बाहिरका मुख्य सहरका प्रमुख स्टेसनरी पसलमा समेत उपलब्ध हुनेछ ।