१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ श्रावण २९ बुधबार ०६:२५:००
Read Time : < 1 मिनेट
अर्थ

कञ्चनपुर भन्सारको राजस्व संकलन एनआइसी एसिया बैंकबाट

Read Time : < 1 मिनेट
२०७६ श्रावण २९ बुधबार ०६:२५:००

एनआइसी एसिया बैंक र नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभागबीच सहकार्य भएको छ । सम्झौताअनुसार कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा स्थापना हुने बैंकको काउन्टरबाट भन्सार कार्यालयको कारोबारका साथै भन्सारमा आउने सेवाग्राहीले थप सुविधा प्राप्त गर्न सक्नेछन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र भन्सार विभागका महानिर्देशक रामेश्वर दंगालले सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै कञ्चनपुर भन्सार कार्यालयबाट दैनिक रूपमा हुने आयात–निर्यातसँग सम्बन्धित कारोबारका लागि बैंकका सेवाग्राहीले छिटोछरितो तथा पारदर्शी रूपमा सेवा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

नेपाल सरकारको भन्सार तथा राजस्व कार्यालयमा नगदरहित कारोबारको सुनिश्चितता गर्ने उद्देश्यले एनआइसी एसिया बैंकले विभिन्न भन्सार कार्यालय, आन्तरिक राजस्व कार्यालयलगायत कार्यालयमा विस्तारित काउन्टर खोली आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।