Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ श्रावण २९ बुधबार ११:०६:००
Read Time : < 1 मिनेट
समाचार

नवलपुरको अरूणखोला पुल भाँचिएपछि राजमार्ग अवरुद्ध 

Read Time : < 1 मिनेट
२०७६ श्रावण २९ बुधबार ११:०६:००

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको अरूणखोलाको पुल भाँचिएपछि राजमार्ग अवरुद्ध भएको छ । 

बुधबार बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४७१ नम्बरको ट्रक पुलमा ठोक्किँदा पुलमा क्षति पुगी करिब दुई मिटर तल लच्किएको छ ।

साना सवारी साधनलाई एकतर्फी रुपमा मात्रै आवतजावत गराइएको र ठूला सवारी साधनलाई आवज जावतमा रोकिएको छ । प्रहरीले पूर्वबाट आउने सवारीलाई यात्रु उतारेर पूर्वनै फर्किने र पश्चिमबाट आएका सवारीलाई समेत यात्रु उतारेर पश्चिमनै फर्किने व्यवस्था मिलाएको छ ।

पुल तत्काल ममर्त हुन सक्ने सम्भावना कम भएकाले चितवन प्रहरी र बुटवल प्रहरीलाई खबर गरि बैकल्पिक बाटो अपनाएर सवारी संचालन गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी अर्जुन रानाभाटले बताएका छन ।