मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ श्रावण २९ बुधबार ११:०३:००
Read Time : < 1 मिनेट
समाचार

चोरी गर्न आएका  दुई पक्राउ, दुई फरार

Read Time : < 1 मिनेट
२०७६ श्रावण २९ बुधबार ११:०३:००

भारतीय नम्बरको सवारीसाधनसहित चन्द्रनिगाहपुरमा चोरी गर्न आएका दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चन्द्रनिगाहपुरमा रहेको न्यु श्याम मोबाइल पसलमा चोरी गर्ने तयारी गरिरहेको अवस्थामा प्रहरीले एक भारतीय र एक नेपालीलाई पक्राउ गरेको हो । उनीहरूले प्रयोग गरेको भारतीय नम्बरको एउटा गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । 

गौर नगरपालिका–५ का ३४ वर्षीय प्रमेशंकर यादव र भारत बिहार राज्यस्थित सितामडीका ३० वर्षीय लोकेश कुमारलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको हो । सँगै रहेका दुईजना भने फरार भएको र उनीहरूसमेत चाँडै पक्राउ पर्ने इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक राजन थापाले दाबी गरे । चन्द्रनिगाहपुरका पसलमा चोरी बढेपछि प्रहरीले आफ्नो सक्रियता बढाएको थियो । पक्राउ परेका दुईजनाका साथबाट प्रहरीले सटर काट्न प्रयोग हुने वायरकटर र तीन थान मोबाइलसमेत बरामद गरेको छ । 

आइतबार राति २ः३० बजेको समयमा पसलअगाडि शंकास्पद गतिविधि गरिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । पसल चोरी गर्न आएकाहरूले ल्याएको बिआर ०५पी ३६४६ नम्बरको स्कारपियो गाडी पनि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ ।